१३ भदौ, बुटवल । नेकपा माओवादीका नेता वर्षमान पुन संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् । मधेसवादी दल र केही समुदायले सीमांकनको बिषयमा लिएर असन्तुष्टि जनाएको भन्दै उनले यसलाई सम्बोधन गर्न संविधान संसोधन जरुरी रहेको वताउदै संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका हुन ।
सोमबार बुटबलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गरेर संविधानको कार्यान्वयनमा लाग्ने बताए । ‘संविधानको कार्यान्वयनका लागि ठुला पार्टी मिल्नु पर्ने वताउदै ‘त्यसको लागि एमालेले अहिले प्रतिपक्षमा बसेको भएपनि संविधान संशोधनमा सघाउनु पर्नेमा जोड दिएका हुन् ।
संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन मुख्य पार्टी जहाँ भएपनि मिल्नुपर्ने उनले बताए । नेता पुनले माओवादी अहिले स्थानीय तहको संरचनाबारे पार्टीमा छलफल अगाडि बढाएको बताए । स्थानीय तह ८ सयदेखि १ हजारको बिचमा बनाउन उपयुक्त हुने उनको धारणा थियो ।
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश
काठमाडौँ, ७ साउन । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट गठबन्धन सरकारले पारित गरेको छ ।
काठमाडौँ, ३२ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ताधारी नेता कार्यकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नरलाई राजीनामा