संविधान संशोधनबिनै दोस्रो चरणको चुनावको तयारी

k|wfgdGqL k'iksdn bfxfn kr08 Joj:yflksf–;+;bsf] cfOtaf/sf] a}7sdf ;xefuL x'g hfb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

rajapa-pm-meeting-e1494897117564

काठमाडौं, जेठ ५ – पहिलो चरणको चुनाव सकिएपछि देश दोस्रो चरणको चुनावमा होमिएको छ । चुनाव नजिकिँदै गर्दा मधेशी दलमाथि दबाब बढिरहेको छ ।

हिजो साँझ बालुवाटारमा सत्तारुढ दुई दल नेपाली काँग्रेस र माओवादी केन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गरेको छलफलले स्पष्ट गरेको छ कि स्थानीय तहको दोस्रोचरणको चुनावअघि संविधान संशोधन हुने छैन ।

बैठकले यही अवस्थामा सविधान संशोधन गराउन गाह्रो हुने निष्कर्ष निकालेको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिएपछि के सविधान संशोधन हुन्छ ?,’ हिजोको वैठकमा पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरेका थिए ।

राप्रपाको यस्तो प्रतिक्रियायापछि सत्तारुढ दलले आज सर्वदलीय बैठक बोलाएको छ । वैशाख १७ गते संशोधन विधेयक पारित गराउनका लागि जुन गठबन्धन तयार भएको थियो त्यो अहिले भत्केको छ । परिवार दललगायत केही साना दलहरुले पनि त्यतिबेला साथ दिएका थिए तर अन्त्यमा राप्रपाले धोका दिएपछि सत्तारुढ दल ब्याक भएको थियो ।

एकातिर सहमति जुटाउने प्रयास भएको छ भने अर्कोतिर चुनावी तयारीमा सरकार लागेको छ । संविधान संशोधनमा कुरा मिलेन भने सविधान संशोधनकै कारण दोस्रो चरणको चुनाव नरोकिने प्रधानमन्त्री प्रचण्डले मधेशवादी दलसमक्ष स्पष्ट पारेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका बलदेवले भने, ‘मधेशवादी दलले सविधान संशोधनका लागि अडान लिएपनि अन्त्यमा गएर चुनावमा भाग लिन्छन्, अब उनीहरुसँग विकल्प नै छैन ।’

संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडानमा रहेको राजपा नेपाल संघीय समाजवादी फोरम नेपालको स्ट्याण्डको प्रतिक्षामा छ । दोस्रो चरणको चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले के गर्छ ? उनीहरु प्रतिक्षा गरेर बसेका छन् । पहिलोचरणको चुनावमा भाग लिएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म दोस्रो चरणको चुनावमा भाग नलिने पटक– पटक घोषणा गर्दै आएका छन् ।

तर मधेशमा उनको चुनावी तयारीका कारण राजपाका नेताहरु तर्सिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम चुनावमा गएपछि राजपालाई आन्दोलन अगाडि बढाउन गाह्रो हुनेछ ।

यद्यपि अहिलेसम्म राजपाको अडान सविधान संशोधन नभएसम्म चुनावमा नजाने छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले सविधान संशोधन नभएसम्म आफूहरु चुनावमा नजाने प्रतिकृया दिए । उनले भने, ‘मधेशमा हामी कुन एजेण्डा लिएर चुनावमा जाने ? संविधान संशोधनका लागि यत्रो दिनदेखि आन्दोलन भयो । संविधान संशोधन समेत नगराई चुनावमा गयौं भने अर्थ रहदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग