जनकपुरधाम, १८ चैत । महिला नेत्रीहरूले संविधान संशोधनबिना तराई–मधेसमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब जनकपुरधामद्वारा आज यहाँ आयोजित ‘सडकमा बहस’ कार्यक्रममा उहाँहरूले संविधान संशोधनबिना निर्वाचन गरिए द्वन्द्व उत्पन्न हुने आशङ्का गर्नुभयो । उहाँहरुले मधेसी समुदाय निर्वाचन विरोधी नभएर आफ्नो माग सम्बोधनको आशामा बसेको छ भन्नुभयो ।
नेपाल महिला सङ्घका केन्द्रीय सदस्य नीलम कर्णले मधेसको अवस्था र आवश्यकतालाई ध्यान नदिएमा निर्वाचन हुन सक्ने आधार छैन भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य फूलकुमारी महतोले आफ्नो पार्टी मधेसको समस्या समाधानका लागि क्रियाशील रहेको बताउनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य चमेलीदेवी दासले सीमाङ्कन र संशोधनका अतिरिक्त मधेसमा अन्य विषय गौण रहेको विचार व्यक्त गर्नुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विन्दु ठाकुरले मधेसमा निर्वाचनको वातावरण नभएको बताउँदै निर्वाचनको हठ त्यागेर समस्या समाधानतर्फ सबैको ध्यान जानु जरूरी भएको खाँचो औंल्याउनुभयो ।
तराई–मधेस महिला सङ्घका केन्द्रीय सदस्य रेणु झाले संविधान संशोधनले निर्वाचनको मार्ग खोल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणु झा तथा महिला नेत्रीहरु विभा पाण्डे, लक्ष्मी महतो, सरिता शर्मा, विभा ठाकुरलगायतले निर्वाचनको वातावरण निर्माण गर्न मधेसको समस्या समाधानलाई पहिलो प्राथमितामा राख्नुपर्छ भन्नुभयो । रासस
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री