संखुवासभास् दशकपछि आइतबार साँझ संखुवासभाको पाँचखपन गाउँपालिकामा ७ सय ग्रामको असिना परेको छ।
असिनाले घरमा छाएको जस्तापाता समेत प्वाल पारेको स्थानीय पेमाछिरी शेर्पाले बताए। एक दशक अघि पाँच सय ग्रामको असिना परेको थियो। त्यस पछि आइतबार साँझ ७ सय ग्रामको असिना झरेको उनले बताए।
असिनाले एक दर्जन बढी चौपाय मरेको स्थानीय शेर्पाले बताए। आलु, मकै र गहुँ पुरै काम नलाग्ने गरी क्षति पुर्याएको बताए। तेर्से, भालुखोप, ताल, स्वाची लगायतका क्षेत्रमा असिना परेको उनले बताए।
यता संखुवासभाकै खाँदबारी, मकालु आसपासका क्षेत्रमा पनि असिना झरेको थियो। एप्रील १ देखि ३ सम्म पहाडी तथा हिमाली क्षेत्रमा असिना पर्न सक्ने अनुमान मौषम बिज्ञान विभागले गरेको थियो।
यता हिमाली मौसमविद केवि मानन्धरले सन् २००१ मे ३ का दिन पर्साको थोरीमा एक किलोग्रामको असिना परेको बताए। असिना कुटेर एक मानिस, ५ सय चौपाय मरेको मरेको थियो भने सयौ घाइते भएको मानान्धरले बताए। असिनाले १५ बढी गाउँका पाँच सय घरको जस्तामा प्वाल परेको बतायो।
स्प्रीङ मनसुन भएकाले असिना आउने सक्ने मौसमविदहरुको भनाई छ। शुरुमा पानीको थोप्ला हुने हावाले तलमाथि गर्दा हिउँका कण बन्ने गर्छ ठुलो भए पछि भार थाम्न नसकेर असिना भुईमा झर्ने गरेको हिमाली मौसमविद मानान्धरले बताए।
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको