सँधै यसरी चम्काउन सकिन्छ आफ्नो अनुहार

जानी_राखौँ_-_सँधै_यसरी_चम्काउन_सकिन्छ_आफ्नो_अनुहार_9724छालाको स्याहारका लागि त्यसको हेरचाहका साथै खानपिनमा पनि ध्यान पुर्‌याउनुपर्छ। सन्तुलित खाना खाने बानीको विकास गर्नुभयो भने त्यसको प्रभाव तपाईंको अनुहारको छालामा देखिनेछ । त्यसका लागि दैनिक रुपमा जुस, फाइबरयुक्त खानेकुराका साथै शरीरलाई चाहिने पानी पिउनुपर्दछ। जसको पोषणले तपाईंको अनुहारको छालालाई चम्काउने गर्दछ ।

तपाईंले दिनमा कतिपटक आफ्नो मुहार धुनुहुन्छ त्यसले पनि छालालाई राम्रो बनाउन मद्दत गर्दछ । तपाईंको छाला बढी ओयली (चिल्लो) छ भने दिनमा दुई पटक अनुहार धुनुपर्दछ । सुख्खा छाला भएमा दैनिक एक पटकमात्र धुनुभयो भने पनि पयाप्त हुनेछ। धेरै पटक अनुहार धोएमा छाला चम्किलो हुने मानिसको विश्वास छ तर, धेरै पटक अनुहार धुनुपनि छालाको लागि हानिकार हुनसक्छ।

बढी चिल्लो छाला भएमा पनि दिनमा तीन पटकभन्दा बढी धुनु छालालाई हानी पुर्‌याउनु हो। यदी तपाईंको छालामा साना सेता दाग छन् भने समयसमयमा सफा गर्न सक्नुहुनेछ। गर्मी बढेसँगै छालाको स्याहार गर्न विशेष ध्यान दिनु जरुरी छ। त्यसैले आफ्नो मुहार धुनु अघि निम्न कुरामा ध्यान पुर्‌याउनुहोस्।

बिहानै मुख धुनुहोस् :

तपाईं बिहान बिस्ताराबाट उठ्ने बित्तिकै आफ्नो दाँत माध्नुहोस र मुख धुनुहोस्। मुख धुँदा तपाईंको छालालाई फाइदा गर्ने फेसवासको पनि प्रयोग गर्न सक्नुहुनेछ । बिहानै मुख धुनु छालाको हेरचाहको लागि महत्वपूर्ण कुरा हो। बिहानको मुख धुवाईले अनुहारमा भएको फोहोर सफा हुनुका साथै तपाईंलाई स्वस्थ्थ र फ्रेस महशुस हुनेछ।

अपरान्हमा चिसो पानीले धुनुहोस्

यदी तपाईंको छाला ओयली (बढी चिल्लो) भएमा छालासम्बन्धीका चिकित्सकहरुसँग सल्लाह गरेर आफ्नो छालालाई फाइदा गर्ने साबुन तथा कुनै पनि फेसबासको प्रयोग गर्नु राम्रो हुन्छ । त्यस्तै तपाईंले चिसो पानीले मुख धुन सक्नुहुनेछ । अपरान्हको समयमा चिसो पानीले मुख धुँदा तपाईलाई फ्रेश महशुस हुनका साथै तपाईंको मुहारमा भएको चिल्लो पदार्थ पनि निस्किएर जानेछ।

साँझमा पनि सफा गर्नुहोस्

दिनभरको काम सकेर घर फर्केपछि आफ्नो अनुहार धुनु जरुरी हुन्छ । घर फर्केर नुहाउने गर्नुभएको छ भने पनि मुहारलाई राम्ररी सफा गर्नुहोस् । यसले आफ्नो दिनभरको थकान मेटिनुका साथै अनुहारमा भएको फोहोर पनि सफा हुनेछ । तपाईंले चाहेमा हर्बल फेसवासको प्रयोग गर्नसक्नुहुनेछ । गर्मीयाममा यसको प्रयोग गर्नु स्वस्थकर मानिन्छ ।

दागरहित छाला बनाउनका लागि निम्न उपाय अपनाउन सक्नुहुनेछः

– मुहार सफा गर्ने समयमा प्रत्येक पटक फेसवासको प्रयोग गर्नु राम्रो मानिँदैन । फेसवासमा रहेका रसायनिक तत्वले तपाईंको अनुहारको छालाको कोमलपना बिगार्नसक्छ । त्यसैले प्राकृतिक छालामा असर पर्नसक्छ ।

– तपाईंको छाला अत्यधिक चिल्लो छ भने प्रत्येक समय फेसवास प्रयोग गर्नुको सट्टा स्किन टोनरको प्रयोग गर्न सक्नुहुनेछ । तर, पानीले मात्रै धुनु यी सबैभन्दा राम्रो हुन्छ ।

– त्यस्तै तपाईंको छाला संवेदनशिल छ भने मनतातो पानीले अनुहार धुनु राम्रो मानिन्छ । साना बालबालिकालाई नुहाउन प्रयोग गरिने साबुन अनुहार धुनका लागि प्रयोग गर्न सक्नुहुनेछ ।

–धेरै पटक र धेरैबेरसम्म अनुहार नधुनुहोस् यसले तपाईंको छालालाई नोक्सान पुर्‌याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गर्ने ब्यक्ति : डा.सागरकुमार राजभण्डारी

पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष  सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः

वातावरण प्रदुषणको चुनौती  र समाधान 

पीपुल नेपाल । श्रावण २४, काठमाडौं  । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति

कोरोना खोप लगाएको ३ महिनामै अब बुस्टर डोज दिइने

काठमाडौं, २० चैत्र । अब कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृंखला पुरा गरेको ३ महिनापछि बुस्टर

खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ

काठमाडौँ, फागुन २६ गते । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

उपचारमा अब्बल न्युरोइन्टरभेन्सन

   माघ १, २०७८ शनिबार केही समयअघि पाल्पा रामपुरका गङ्गाधर पाठकको घरमा पूजा थियो ।