एजेन्सी । बलिउड बजारमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको प्रेम सम्बन्धले पूर्णविराम लिएको चर्चा निकै थियो । सधैँ जसो एकसाथ देखिने दीपिका रणवीर पछिल्लो समय एक्लै एक्लै हिँड्न थालेपछि ब्रेकअपको चर्चा थियो ।
ब्रेकअपकै खबरलाई गलत सावित गर्दै रणवीर-दीपिका पुन एकसाथ देखिएका छन्, जसले गर्दा उनीहरुको शुभचिन्तकहरुमा खुशी छाएको छ ।
फिल्म निर्माता करण जौहरले आयोजना गरेको पार्टीमा रणवीर-दीपका एकसाथ पुगेका थिए । उनीहरुको यो उपस्थिती मिडियाको लागि महत्वपूर्ण भएको थियो । एउटै गाडीमा करणको घर पुगेका उनीहरुले एकसाथ फोटो समेत खिचाएका थिए । उसो त फिल्म पद्यावतीमा उनीहरु सँगैकाम गरिरहेका छन् ।