शेरबहादुर देउवा : आगामी निर्वाचन अधिनायकवाद र साम्यवादविरुद्ध

११ कात्तिक, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन अधिनायकवाद र साम्यवाद विरुद्धको लडाई भएको टिप्पणी गरेका छन् ।

deubaपोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कम्युनिष्ट बाम गठबन्धन काँग्रेसको विरुद्धमात्र नभएर राष्ट्रको विरुद्ध भएको उल्लेख गरे ।

देउवाले एकदलीय सर्वसत्तावादी, तानाशाही र कम्युनिष्ट निरंकुश शासनबाट यो देशलाई मुक्त गर्न काँग्रेसलाई जिताउन आग्रह गरे ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेको बताए । कार्यक्रममा बोल्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता ल्याउन लागेको आरोप लगाए ।

 

photo

NOC1-250x300