शिक्षामन्त्री भन्छन् : गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन हुन्छ, अब अनशन बस्नु पर्दैन्

काठमाडौं, माघ २७ । शिक्षामन्त्री धनिराम पौडेलले डा. गोविन्द केसी र सरकारवीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भिर भएर लागिपरिरहेको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले स्वास्थ्य चिकित्सा तथा शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने माँग गर्दै डा. केसीले दशौं पटक समेत अनशन बसेको स्मरण गर्दै भने, ‘अब उहाँले फेरि अनशन बस्नुपर्दैन्, सरकार र उहाँका प्रतिनिधिवीच १२ बुँदे सम्झौता भएको छ, सम्झौता कार्यान्वयनको लागि एउटा अनुगमन समिति समेत बनेको छ ।’ मन्त्री पौडेलले भने,‘अब उहाँले फेरि अनशन बस्नुपर्ने स्थिति छैन्।’
उनले अस्थायी शिक्षकहरुको माँग सम्बोधन गर्नको लागि पनि सरकारले पहल गरिरहेको जनाए । मन्त्री पौडेलले भने,‘हामीले उहाँहरुको माग सम्बोधन गर्ने तयारी गरिसकेका छौं, तर उहाँहरुले दुई वटा विकल्पमध्ये जे पनि गर्न सक्नुहुन्छ, एउटा आन्तरिक प्रतिष्पर्धा अर्को गोल्डेन ह्याण्ड सेक ।’
मन्त्री पौडेलले शिक्षा क्षेत्रलाई सुधारको लागि सरकारले व्यापक पहलकदमी लिईरहेको समेत जिकिर गरे। उनका अनुसार हालै शिक्षा ऐन २०२८ को आँठौं संशोधन आएको छ, त्यस अनुसार अब नियामावली बनाउने तयारी भैरहेको छ ।
पौडेलले भने, ‘हुन त यो देशमा धेरै प्रतिवेदनहरु आए, तर प्रतिवेदन थोरैमात्र कार्यान्वयन भएको छ,’ उनले अघि थपे,‘शिक्षा क्षेत्रलाई व्यवस्थित् र व्यवहारिक बनाउनको लागि अब संघीय संरचना अनुसार अघि बढाउनुपर्नेछ, सरकार त्यसको तयारीमा जुटेको छ ।’
उनले शिक्षा क्षेत्रलाई सुधार गर्ने, गुणस्तरीय बनाउनको लागि नीतिगत कार्यक्रमहरु समेत अघि सार्नेगरि विभिन्न ऐन तथा नियामावली आउने जनाए। मन्त्री पौडेलले संघीय संरचना अनुसार शिक्षा नीति बनाउने कुरामा समेत सरकार र आफू नेतृत्वको मन्त्रालय लागिपरिरहेको जनाए ।

????????????????????????????????????
????????????????????????????????????

मन्त्री पौडेलले शिक्षा नियामावली अहिले कानूनमन्त्रालयमा रहेको समेत जनाए । उनले भने,‘शिक्षासम्बन्धी ऐन किन कानून मन्त्रालयमा बसेको होला भनेर प्रश्न उठ्ला तर, संविधान अनुसार ऐन बनाउनुपर्छ, ऐन अनुसार कानून बनाउनुपर्छ, त्यसैले नबाझियोस् भनेर कानून मन्त्रालयमा अहिले नियामावली कानून मन्त्रालयमा पुगेको छ, तर छिट्टै आउँछ ।’
उनले सरकारले संघीय सरंचना अनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा विश्वविद्यालय बनाउने तयारी गरिरहेको बताउँदै भने,‘७ वटै प्रदेशमै विश्वविद्यालय बनाउने तयारी छ, आम सञ्चार, पर्यटन लगायतका विषयगत विश्वविद्यालय पनि स्थापना कुरा भैरहेको छ।’ उनले त्यसको उच्च शिक्षा आयोग गठन गर्नुपर्ने भएकोले त्यसको लागि आवश्यक विद्येयकको बारेमा बहस भैरहेको समेत जनाए।
उनले अघि भने,‘उच्च शिक्षा सम्बन्धी छाता ऐन आएपछि मन्त्रिपरिषदले विनियम पास गर्छ ।’
आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यतालाई सबैले मध्यनजर गरेर चुनावमा जानुपर्ने बताए। उनले भने,‘जेठको पहिलो हप्ता स्थानीय तहकै निर्वाचन गराउनेगरि सरकार लागिपरिरहेको छ।’
उनले निर्वाचनको मिति घोषणा गरेरमात्रै केही नहुने भन्दै निर्वाचन गराउने वातावरण बनाउनको लागि सरकराले प्रतिपक्षी दल एमाले र असन्तुष्ट दल मधेशी मोर्चाहरुलाई पनि विश्वासमा लिने काम गरिरहेको जनाए। उनले भने,‘एमाले र मधेशी मोर्चाको सहमतिमै निर्वाचनको मिति घोषणा गर्न हामी प्रयत्न गरिरहेका छौं।’
त्यस्तै कार्यक्रममा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी संस्थापक प्रिन्सिपल डा. मञ्जु मिश्रले नेपालमा छुट्टै कम्युनिकेशन विश्वविद्यालय गठन गर्नुपर्ने भन्दै विगत १३ वर्षदेखि आफू लागिपरिरहेपनि अहिलेसम्म स्विकृति नपाएको गुनासो पोखिन्।
उनले भनिन्,‘सार्क क्षेत्रमै नेपाल जर्नालिज्मको मिडिया हवको रुपमा विकास गर्ने मेरो लक्ष्य छ, अबको पत्रकारितको शिक्षा भनेको व्यवहारिक शिक्षा र उपयोगीमुलुक हुनुपर्छ।’
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मुलुक संघीय संरचनामा गैसकेकोले शिक्षा क्षेत्रलाई पनि यही अनुसार व्यवस्थित् बनाउनुपर्नेमा जोड दिए। उनले उपयोगी र व्यवहारिक शिक्षा प्रणाली नेपालमा खाँचो रहेकोले सरकारले त्यतातर्फ सोच्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा