चैत २३, काठमाडौं । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ ।
प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे । मंगलबार प्राधिकरणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घन्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे ।
हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घन्टा विद्युत्त कटौती हुँदै आएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको