वेष्ट इन्डिजका ड्वेन स्मिथले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं : स्टार क्रिकेटर खेलाडी वेष्ट इन्डिजका ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन । उनले भने, सुरुआतमै नमस्ते नेपाल भन्दै सम्पूर्ण नेपाली समर्थहरुलाई सम्बोधन गरेका थिए । 

“मैले भैरहावा ग्लाडियर्टबाट खल्नेछु । नेपाल र नेपालको सुन्दरताबारे धेरै बुझेको छु त्यसैले म नेपाल जान आतुर छु,” उनले भनेका छन् ।

भैरहवाका कप्तान सरद भेषावकरले लामो समयसम्म वेष्ट इन्डिज र आइपिएल क्रीकेरको पावर हाउसको रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी ब्यक्त गरेका छन् ।

 

photo

NOC1-250x300