वीरगञ्ज र विराटनगरबाट भारतको कोलकत्ता र हल्दियासम्म रेल सञ्चालन गर्ने सहमति

नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्ता/हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ।दुई मुलुकबीचको रेल सेवा सम्झौता अन्तरगतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो।

rel_sewa5198

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्षभित्र भारतको कोलकत्तासम्म नेपालको रेल संचालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गरे। बैठकमा नेपालको वीरगंज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाईन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो।

दुई मुलुकबीच पारवहन सन्धि अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ। विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा संचालनमा आएपछि सो रुटमा कार्गाे ढुवानी गर्न पनि दुई मुलुकबीच सहमति जुटेको छ।

सचिव अधिकारीले यो सहमतिसँगै दुई मुलुकबीचको माल सामान ढुवानीमा देखिदै आएको समस्या समाधान भएर जाने विश्वास पनि व्यक्त गरे।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गर्नु भएको सो बैठकले नेपाली बैकिंङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने सहमति पनि गरेको छ । नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको सो समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताए।

बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिना भित्र नेपालमा बस्ने सहमति पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत

ब्याजदर बढाउन बैंकहरूलाई दबाब

काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको