वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, कूल संख्या ९९ पुग्यो

आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना पोजिटिभ भेटिएको हो ।

संक्रमितहरु २ महिनादेखि ६६ वर्ष उमेरका छन् । १७ जनामध्ये ७ महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

योसँगै कोरोना संक्रमण पुष्टि भएको कूल संख्या ९९ पुगेको छ ।

 

photo

NOC1-250x300