people Nepal » वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय – people Nepal

वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

bp-koirala-450x325१४ जेठ, काठमाडौं । सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवी प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई यो पदक प्रदान गर्ने निर्णय गरेको हो ।

 

नेपाल रत्न मानपदवी नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो पदक हो ।

गत वर्ष नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गरिएको थियो ।