काठमाडौं, फागुन २ – छैटौं विश्व रेडियो दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियो प्रसारण सुरु भएपनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो सञ्चालन सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले झण्डै ६ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् ।
सबै जिल्लामा रेडियो स्टेशन सञ्चालनमा छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो ।
सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।
रेडियो दिवसको अवसरमा रेडियोका छाता संगठनहरुले विभिन्न कार्यक्रम गर्दैछन् । ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल बानले चितवनको सौराहमा र सामुदायिक रेडियो प्रसारक संघ अकोराबले काठमाडाैंमा कार्यक्रम गर्दैछन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी