विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

जेठ २४,काठमाडौं : विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । विश्व बैङ्कका अनुसार सन् २०१९ मा सेवा र कृषि क्षेत्रमा भएको प्रगतिले नेपालको आर्थिक वृद्धि सात दशमलव एक प्रतिशत पुग्ने छ । सेवा क्षेत्रमा मात्र सात दशमल पाँच प्रतिशतसम्मको वृद्धि हुने बताएको छ ।

 विशेषगरी पर्यटकको आवागमनमा भएको बढोत्तरी, होटल, रेष्टुराँजस्ता पूर्वाधारको क्षेत्रमा देखिएको सुधार र विप्रेषणका कारण उपभोक्ताको बढ्दो खर्च प्रवृत्ति जस्ता कारणले सेवा क्षेत्रमा उच्च वृद्धि देखिएको विश्व बैङ्कको निष्कर्ष छ ।त्यसैगरी कृषि क्षेत्रमा अनुकूल मौसम, समयमा मल र बीउ उपलब्ध गराइनु, सिँचाइमा सुधार आदिले कृषि क्षेत्रलाई टेवा दिएका कारण कृषि उत्पादनमा सुधार आई उच्च आर्थिक वृद्धिमा सुधार भएको हो । त्यसैगरी ऊर्जा आपूर्तिमा भएको सुधारले उच्च आर्थिक वृद्धिलाई सघाउ पु¥याएको छ । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले

आजको राशिफल

काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल ।  मेष : आम्दानी

ट्रेडयुनिय दर्ताको नाममा असुली धन्दा, मजदुरलाई सास्ती नेतालाई मस्ती !

काठमाडौं, श्रावण २५, पीपुल नेपाल।ईन्टरनेट सेवा प्रदायक कम्पनी ओल्डलिङ्क कम्युनिकेशन्स प्रा.लि मा श्रमीक र ब्यास्थापन

‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’: सर्वोच्च

काठमाडौँ, १८ साउन । सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय

अर्थमन्त्री शर्मा अर्थ मन्त्री को नाममा अनर्थ मन्त्री : नेता महेश बस्नेत

पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश

एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ

काठमाडौँ, ५ साउन: गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)