विश्वका १५ महिला राजनेताको सूचीमा राष्ट्रपति भण्डारी पनि

58f01fb04b33ea6ffa092cc0c35fe826-750x505काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राष्ट्रप्रमुख महिलाको सूचीमा पर्न सफल भएकी छन्।

विश्वचर्चित समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) बाट अन्तरराष्ट्रिय महिला दिवसमा सार्वजनिक विवरणमा जर्मन चान्सलर एङ्गेला मार्केल, बेलायतकी प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्ग, बं‌गलादेशकी प्रधानमन्त्री शेख हसिनासहित राष्ट्रपति भण्डारी पनि परेकी हुन् ।

 अमेरिकाबाट सुरु महिला अधिकारको संघर्षसँग जोडिएको महिला दिवस विश्वभरि बुधबार विश्वभर एकसाथ मनाइँदैछ। नेपालमा पनि महिलासम्बन्धी संघ संस्था र सरकारी कार्यालय यो दिवस मनाइरहेका छन् ।

भण्डारी गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति हुन् । पहिलो राष्ट्रपति डा. रामवरण यादव थिए ।

 

 

photo

NOC1-250x300