विवेकशील साझा पाटी : आउँदो चुनावमा राष्ट्रिय पार्टी बन्छौँ

काठमाडौं । वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि करिव २ महिनाअघि स्थापना भएको विवेकशील साझा पार्टीले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने दाबी गरेको छ ।

downloadआउँदो निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको साझा विवेकशीलले जनाएको हो ।

त्यस्तै उक्त पार्टीले ‘अबको आशा विवेकशील साझा’ नारा लिएर जनताको बीचमा जाने निर्णय गरेको बताएको छ । र, अभियानको नेतृत्व पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले गर्ने बताइएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाका लागि पार्टीले छिट्टै उमेदवारी चयन गर्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

photo

NOC1-250x300