विवेकशील र साझा पार्टी एक हुने

१० साउन, काठमाडौ । विवेकशील नेपाली पार्टी र साझा पार्टी बिच  पार्टी एकता हुने भएको छ ।

rabindra-mishra-ujwal-thapaउज्वल थापा नेतृत्वको विवेकशील दल र रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टीले भोलि दिउँसो साढे १ बजे काठमाडौको एक पार्टी प्यालेसमा संयुक्त पत्रकार सम्मेलन गरि पार्टी एकीकरण घोषणा गर्न लागेका हुन् ।

स्थानीय तहको चुनावमा यी दुई दलबिच तालमेल हुने चर्चा चले पनि हुन सकेको थिएन । एजेण्डा र बिचार मिल्ने भन्दै रबिन्द्र मिश्रले विकेकशीललाई एकताका लागि आह्वान गर्दै आएका थिए ।

लामो समयको पत्रकारिता पेशा त्यागेर पद्धति र संस्कार बदल्ने भन्दै राजनीतिमा होमिएका मिश्रले पार्टी एकतामा सघाउने सम्बद्धलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् । स्थानीय तहको पहिलो चरणको चुनावमा दुबै पार्टीका उमेद्बारले काठमाडौं महानगरपालिकामा राम्रो मत ल्याएका थिए ।

 

photo

NOC1-250x300