विप्लव माओवादीका कार्यकर्ताले बालाजुको एक होटलमा बसिरहेका बेला दम्पत्तिको अपहरण गरेको प्रहरीले जनाएको छ। शनिबार बिहान करिब १० बजे बालाजुको आकाशेपुल नजिकै रहेको तनहुँ स्याङजा पर्वत होटलमा एक समूह आएर होटलमा बस्दै गरेका एक दम्पत्तिलाई जर्वजस्ती ट्याक्सीमा हालेर लिएर लिएर गएका हुन्।
अपहरण शैलीमा होटलबाट एक दम्पत्तिलाई जर्वजस्ती लिएर गएको सूचना प्रत्यक्षदर्शीलाई प्रहरीलाई दियो।
सूचना लगत्तै प्रहरीले होटल पुगेर अनुसन्धान अघि बढायो। करिब ८ महिनादेखि उक्त होटलमा बस्दै आएका जडिबुटी ब्यापारी ६१ वर्षिय गोपालबाबु श्रेष्ठ र भक्तपुर चाँगुनारायण नपा २ की ५२ वर्षीया कविता दाहाल अपहरणमा नै परेको प्रहरीले पुष्टि गर्यो।
महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले अपहरित दम्पत्तिको खोजी तिब्र पार्यो। अन्ततः शनिबार अपरान्ह बालाजु क्षेत्रबाट नै श्रेष्ठलाई उद्धार गर्न सफल भयो।
अपहरणकारीले मागेको केही कागजपत्र लिन होटलमा दिउँसो पुगेको बेला श्रेष्ठलाई उद्धार गरिएको डिएसपी केसीले सेतोपाटीलाई बताए। उनलाई निगरानी गर्दै आएका २ जना शक्ति विश्वकर्मा र मदनकृष्ण महर्जनलाईसमेत प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठलाई उद्धार गरे पनि दाहालको बारेमा प्रहरीले थप खोजी गर्यो। तर भेट्न सकेन।
साँझ बागबजारमा रहेको विप्लव माओवादी समर्थित राष्ट्रिय युवा जन स्वयमसेवकको कार्यालयमा छापा मारेर प्रहरीले आइतबार दाहाललाई पनि उद्धार गर्यो। प्रहरीले त्यहाँबाट अन्जु देउला महर्जन र अन्जु भारतीलाई पक्राउ गर्यो।
अन्जु देउला महर्जन र मदनकृष्ण महर्जन श्रीमान श्रीमती हुन्। उनीहरुले श्रेष्ठ र दाहाललाई अपरहण गर्न विप्लव माओवादीका कार्यकर्ता गुहारेका महाशाखाका एसएसपी दिनेश अमात्यले बताए।
आमात्यका अनुसार पक्राउ परेका शक्ति विश्वकर्मा राष्ट्रिय युवा जन स्वयमसेवक कार्यकर्ताका हुन्।
अपरहणमा सम्लग्न २ जना विप्लव माओवादीका कार्यकर्ता राजमान लामा र राजेश भन्ने फरार छन्। प्रहरीले उनीहरुको खोजी तिब्र पारेको छ। महर्जन दम्पत्तिले आर्थिक लेनदेनको मुद्दामा कुरा नमिलेपछि श्रेष्ठ र दाहालको अपरहण गर्ने योजना बनाएको खुल्न आएको छ।
महर्जन दम्पत्तिले श्रेष्ठलाई आफूले १८ लाख रुपैयाँ दिएको र नदिएपछि विप्लव माओवादीका कार्यकर्ता लगाएर रकम असुल्न खोजेको स्वीकार गरेका छन्।
विप्लव माओवादीका कार्यकर्ताले श्रेष्ठबाट १८ लाख रकम उठाइदिए वापत महर्जन दम्पत्तिसँग उनीहरूलाई मोटो रकमको अफर गरेको प्रहरीले जनाएको छ।
‘यस बारे हामी थप अनुसन्धान गरिरहेका छौं,’ महाशाखाका एसएसपी अमात्यले भने।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव