विप्लवका कार्यकर्ताले निर्वाचन सामग्री लुटे

३० वैशाख , मुगु : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् ।

 सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको सङ्ख्यामा आएका तिनले मतदान केन्द्र नियन्त्रणमा लिई सबै निर्वाचन सामग्री लुटेका हुन् ।

घटनापछि नेपाली सैनिकलगायत आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उक्त मतदान केन्द्रमा तीन सय २४ मतदाता छन् ।

 

 

photo

NOC1-250x300