विपक्षीले रोके महाअभियोग

Oli-and-Thapa

काठमाडौं, २३ वैशाख । सभामुख ओनसरी घर्तीमगरले संसद्मा नाराबाजी र होहल्लाबीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन खोज्दा एमालेसहित विपक्षी दलहरुले रोकेका छन् ।

 विपक्षी दलका सांसदले रोस्ट्रमअघि नाराबाजी गरिरहेको बेला सभामुख घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि प्रस्ताव गर्न कांग्रेस सांसद मीनबहादुर विश्वकर्मालाई समय दिएकी थिइन् । विश्वकर्मा रोस्ट्रममा जान खोज्दा विपक्षी दलका सांसदले घेरेर रोकेका थिए । त्यसपछि सभामुख घर्तीमगरले संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

 

photo

NOC1-250x300