people Nepal » विद्युतीय भोटिङको सम्भावना छैन, अब मतपत्रमै निर्वाचन हुन्छ: प्रमुख आयुक्त डा. यादव विद्युतीय भोटिङको सम्भावना छैन, अब मतपत्रमै निर्वाचन हुन्छ: प्रमुख आयुक्त डा. यादव – people Nepal

विद्युतीय भोटिङको सम्भावना छैन, अब मतपत्रमै निर्वाचन हुन्छ: प्रमुख आयुक्त डा. यादव

Ayodhi-Prasad-Yadhav-768x533काठमाडौं, १० फागुन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं ।’

उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।’ उनले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने जिकिर गरे।

उनले अहिलेको अवस्थामा विद्युतीय भोटिङको सम्भावना नभएको बताउँदै मतपत्रमा नै निर्वाचन हुने जानकारी दिए ।