विद्युतिय मेसिनबाट एउटा शव जलाउँदा कम्तिमा पनि एक घण्टा लाग्ने

bidut-ghat

काठमाडौं । काठमाडौंको पशुपतिस्थित आर्यघाटमा दाउराबाट शव जलाउँदा प्रदुषण बढेको र महंगो हुने भन्दै २०७२ माघबाट पशुपती क्षेत्र विकास कोषले विद्युतबाट शव जलाउने प्रविधि भित्र्यायो ।

दाउाराले जलाउँदा भन्दा सस्तो र छिटो हुने भएकाले मानिसहरु विद्युतिय शव तत्कालको लागि २ वटा मेसिनबाट शव जलाइए पनि अहिले एउटाबाट मात्रै जलाइँदै आएको छ ।
यहि कारण विद्युतीय मेसिनमा शव जलाउनैका लागि शवदहन गृहमा घन्टौ लाइन बस्नुपरेको छ । यस बिषयमा हाम्रा दर्शकले हामीलाई निरन्तर गुनासो गरेपछि हाम्रो टिम बुधबार शवदहन गृहमा पुगेको थियो ।

हामीले किन एउटा मेसिनबाट मात्रै शव जलाउने गरेको भनी गृह प्रशासकीय अधिकृत कुमार थापा मगरलाई सोध्यौँ ।

उनले मेसिन तात्न र सेलाउन ७ आठ घण्टा लाग्ने र हरेक महिना मर्मत गर्नुपर्ने भएकाले दुवै मेसिन एक–एक महिना पालो गरेर चलाउने गरेको बताए ।

एउटा शव जल्न कम्तीमा पनि एक घण्टा लाग्ने भएकाले कहिलेकाहिँ विद्युतीय मेसिनमा अहिले दैनिक १२ वटासम्म शव जल्ने गरेका छन् ।

 

photo

NOC1-250x300