बनेपा – होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सोमबार तोडफोड गरेका छन् ।
सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत काभ्रेको जनागाल ८ का १७ बर्षीय कृष्णराम पुर्कुटीको सोमबार बिहान मृत्यु भएको खबर आजको नागरिकमा छ ।
अविभावक र आफन्तले विद्यालय प्रशासनको लापारबाहीले मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् । स्थिति सामान्य बनाउन प्रहरीले सात राउन्ड हवाई फायर गरेको थियो ।
एसएलसी तयारीका लागि होस्टेलमा बस्दै आएका कृष्णरामलाई उनीसँगै बस्ने साथीले बिरामी भएको भन्दै बिहान साँढे पाँच बजे बनेपा हस्पिटल लगेका रहेछन् । थप उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले
काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल । मेष : आम्दानी
By Peoplenepal काठमाडौँ, ३ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री
२ भदौ,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.२ भक्तपुरले ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई सुचिकरण गर्न १५ दिने
बिहिबार, भाद्र २, काठमाडाैं । भोलि शुक्रबार र शनिबार साइबर सुरक्षासम्बन्धी निःशुल्क कार्यशाला हुने भएको