वर्णाश्रम जन्म हैन ,कर्म हो : योगी पिताम्बर

यो लेख उसलाई हो, जसले सनातन शास्त्रको आधारमा मानवीय विभेद गर्छ, र त्यही अपराधी, पाखण्डी, अधर्मीको आधारमा आफुलाई मै हुँ ठान्छ । मानवीय गुण हराएका राक्षसहरु हो, यो बुझर्, सनातन शास्त्रको कुनै पनि त्यस्तो सिद्धान्त छैन, जहाँ मानवीय बिरोध छ ; छ त केवल मानवलाई महामानव र सम्पूर्ण जीवको रक्षा सँगै प्रकृतिको संरक्षणको कुरा ।’
सनातन धर्मको धेरै बहस मध्ये समाजमा भएका मानवीय बिभेदको आधार शास्त्रलाई थोपरेको देख्छु ।

यो हुनुको एक मात्र कारण भनेको धार्मिक ग्रन्थ अध्ययन गरेकोछु भन्ने ढोंगी, अपराधीहरुको शास्त्रको अल्पज्ञान र शास्त्रको अध्ययन गरेकाबाट पनि निजी स्वार्थका लागि पवित्र शास्त्रलाई आफ्नो अस्त्रको रुपमा प्रयोग गर्नु हो । तपाईको मनमा प्रश्न आउन सक्छ र्, आखेरी शास्त्रमा के लेखिएकोछ ?’ हो त्यही शास्त्रमा लेखिएका कुरा यहाँ बुझाउने संक्षेपमा प्रयास गर्नेछु । आशा छ , यो लेखले उसको आँखा खुल्नेछ , जसले शास्त्रको आधारमा विभेद गर्छ र तिनै विभेद गर्नेको आधारमा जसले शास्त्रको बिरोध गर्छ ।

सनातन शास्त्रको कुनै पनि ग्रन्थमा जातीय प्रथालाई प्रोत्साहन गरीएको छैन । शास्त्रमा वर्णाश्रमको कुरा गरीएकोछ । जुन जन्मको आधारमा हैन, कर्मको आधारमा छ । वर्णाश्रम चार भागमा विभाजन गरीएकोछ : ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र , जसको जन्मसँग कुनै सम्बन्ध छैन; छ त केवल जन्म पछिको कर्मसँग । सनातन धर्ममा महत्वपूर्ण मानिने एक ग्रन्थ, भगवद् गीताको १८औं अध्यायको ४१औं श्लोकमा वर्णाश्रम बारे यसो भनिएकोछ :

ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै ।।

अर्थातः ब्राम्हण, क्षत्रिय, वैश्य र शुद्र कर्मको स्वभावबाट उत्पन्न हुने गुणद्धारा विभाजन गरीकोछ । हो, शास्त्रमा जन्मको आधारमा नभएर मानिसले गर्ने कर्मको आधारमा वर्णाश्रमको चर्चा गरीएकोछ । यहाँ वर्णश्रमलाई विभेदको रुपमा हैन, केवल समाज सञ्चालनको एक आधार मानिएको हो । समाजमा जसले सनातन धर्मको आधारमा मानवीय बिभेद गर्छ , त्यो शास्त्रको ज्ञानको अभावले हो ।

जब जातजातिको बिभेदमा कुरा उठ्छ , तब ऋषि मनुको बिरोध हुन्छ । भारतमा संविधान दिवसको दिन मनुस्मृती जलाएर मनुको बिरोध समेत गरेको पाइन्छ । यसो हुनुको पछाडी ऋषि मनुलाई हाम्रो समाजमा बुझ्न नसक्नु र मनुस्मृतीबाट अनभिज्ञ हुनु हो । यसको कारण अंग्रेजहरुले आफ्नो साम्राज्य बिस्तारको क्रममा मानव र प्रकृतिको हितमा रहेको शास्त्रमा प्रहार गर्नु हो । जब अंग्रेजहरु भारतमा आफ्नो साम्राज्य बिस्तार गर्न आइपुगे , त्यहाँको जनमानस आफु अनुकुल पार्न मनुस्मृतीमा परिर्वतन गरे । धर्मलाई राजनीतिक अस्त्र बनाइयो । अंग्रेजको सम्राज्य अन्त्य भएको वर्षौ भैसक्दा पनि उनीहरुको स्वार्थ पुर्तिको लागि गरीएको सोंच हामीमा परर्वतन हुन नसक्नु आजको समाजको बिडम्बना हो ।

अंग्रेजको आफ्नो सम्राज्य बिस्तारको क्रममा जर्मन संकृतका ज्ञाता म्याक्समुलरले मनुस्मृतीमा परिर्वतन गरेको पाइन्छ । परिवर्तीत गरिएको मनुस्मृतीको सिकारबाट यो स्पष्ट हुन्छ , न समाज मनुसँग परिचित भयो, न त मनुस्मृती सँगै ! त्यसैको आधारमा बिरोध गर्नेले मनुस्मृतीको अध्ययन नर्गनु र अध्ययन गरेकाबाट यसको गलत प्रयोगले नै सनातनको बिरोध हुन गयो । अब चर्चा गरौं को थिए मनु र के थियो मनुस्मृतीमा ?

मनु एक राजा थिए । उनले वर्णाश्रम ब्यवस्था कर्म बिशेष बनाएका थिए । कर्म र गुणको आधारमा वर्णाश्रमको ब्यवस्था गरेका थिए , जुन बेदमा समेत उल्लेख गरीकोछ । यहाँ मनुस्मृतीको यो श्लोक स्मरण हुन्छ , “जाति अन्ध बधिरै ।” (१.२०१) अर्थ : जन्मले हेर्दा मानिस अन्धो र बहिरो हुन्छ । अर्थात्, मानिस जन्मको आधारमा हैन, कर्मको आधारमा मनुस्मृतीको वर्णआश्रममा रहेको कुरा प्रस्ट हुन्छ । वर्णको अर्र्थ वृणेते’ जसको सम्बन्ध जन्मसँग छैन । जातिको विषयमा सनातनमा विभेद उल्लेख छैन । यो त मानवले स्वार्थ पूरा गर्नका लागि बनाएको नियम मात्र हो । मनुस्मृतिले भन्छ , “शूद्रो ब्राम्हणताम एति, ब्राह्मणश्चैति शूद्रताम । क्षत्रियात जातमेवं तु विद्याद् वैश्यात्तथैव च ।।” (९।१०, ६५०) । अर्थात् मानिसको गुण, कर्म, योग्यताको आधारमा ब्राम्हण वा शुद्र बन्न सक्छ ; शुद्र पनि ब्राम्हण बन्न सक्छ । सनातन ग्रन्थमा चाहे महाभारत होस् या गीता वर्णलाई जन्मको आधारमा नभएर कर्मको आधारमा पाइन्छ । “चातुर्वण्र्यं मया सृष्टं गुण” अर्थात् , मान्छेको गुण, कर्म, विभाग अनुसार चारै वर्ण व्यवस्थाको निर्माण गरिएको हो ।

धार्मिक ग्रन्थमा कर्मको आधामा वर्णाश्रम ब्यवस्था भए पनि किन हाम्रो समाजमा गलत प्रथाले जरो गाड्यो , किन बिभेद छ ? यसको कारण भनेको वर्णाश्रमलाई जातसँग जोड्नु र वार्णाश्रम नबुझ्नु हो । वर्ण जन्म प्रधान नभएर कर्म प्रधान हो भन्छ , यस श्लोकले पनि :

जन्मना जायते शुद्र संस्कारद्द्विज उच्यते ।
वेद पाठात् भवत् विप्रःब्रह्म जानातीति ब्राह्मण : ।।

अर्थः व्यक्ति जन्मदै शूद्र हो । संस्कारबाट मानिस द्धिगज हुन्छ । वेदको पठनपाठनबाट ब्रम्हाको ज्ञान लिएर मानिस ब्रम्हाण्डको सच्चा अधिकारी बन्छ । जन्म कहाँ भयो यो महत्व हैन , कर्म के हो यो महत्व हो । हामी सबैले मान्ने र सुन्ने अठारपुराणका लेखक स्वयम् माझिको कोखबाट जन्मेका हुन हामी तिनैलाई पुज्छौ । श्री कृष्णको जन्म ग्वाला परिवारमा भएको हो उनी भगवानका रुपमा सबै घरमा पुजिन्छन् । जति पनि श्रेष्ठ छन् ती सबै कर्मका आधारमा छन् । त्यसैले जन्मजातलाई वर्ण नबुझौं वर्ण कर्म हो । जुन तपाई स्वयम्को कर्मले निर्धारण गर्छ र्। चारै वर्णमा सबै गोत्रका ऋषिहरु पुजित हुनु नै सबै जात अर्थात् गोत्रको समान सम्मान हो’ यो भन्दा दरीलो प्रमाण के हुन सक्छ ?

त्यसैले समाजमा जातीय बिभेद अन्त्यको लागि शास्त्रको सबैले अध्ययन गर्ने र शास्त्रको ज्ञान मानव बिकास तथा प्रकृतिमा समर्पण गर्नु नै बिकल्प हो । यही ज्ञान मानव बिकास तथा प्रकृति संरक्षणको आधार हो । यागी कर्म योग पिठ नेपालका संस्थापक हुनुहुन्छ ।

 

photo

NOC1-250x300