लोकतान्त्रिक गठवन्धन बनाउन कांग्रेसले थाल्यो बालुवाटारमा बैठक

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाउन पहल थालेको छ ।

अहिले कांग्रेस शीर्ष नेताहरुले राजपा, राप्रपा, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिकसँग छलफल गरिरहेको छ । बालुवाटारमा जारी छलफलमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाइएको छ । तर, उनी बैठकमा पुगेका छैनन् ।

बैठकमा सहभागी दलहरु मध्ये राजपा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठवन्धन बनाउन सहमत देखिएको छ । राजपा नेता राजेन्द्र महतोले लोकतान्त्रिक गठवन्धन बनाउनु आफूहरुको बाध्यता भएको बताए ।

अन्य दलले अहिलेसम्म यसबारे औपचारिक धारणा बनाएका छैनन् ।

 

photo

NOC1-250x300