उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ । लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्छ ।”
डा. झाका अनुसार समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ । उनी समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा परेमा तुरुन्त आपत्कालीन व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् ।
यस प्रकारको रोग लाग्न नदिन नियमित रूपमा व्यायाम गर्ने, अङ्ग, मेरुदण्ड, शिथिलिकरण, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउन साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउँछ ।
लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर बस्नु हुँदैन डा. झाले भने, “बस्नु परेपछि कुसनको सहायतामा ढाड बिसाउने । कम्प्युटरको काममा एकरदुई घण्टा बसिसकेपछि ५ देखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुपर्छ ।
उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर बस्ने बानी बसाल्नु हुँदैन । सुत्दा सीधा सुत्नुपर्छ घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । यदि नसा च्यापिएको छ भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुत्नुपर्ने पनि उनको सुझाव छ ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन