लकडाउन खुकुलो पार्ने जर्मन चान्सलर मर्केलको घोषणा

विस्तारै कोरोना भाइरसको प्रकोपमा कमी आउन थालेपछि जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने निर्णय गरेकी छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उनले लकडाउन गर्ने घोषणा गरेकी थिइन् ।

लकडाउन खुकुलो बनाइ पनि केही नियमहरु पालान गर्नुपर्ने उनले बताएकी छन् । सामाजिक दूरी कायम राख्नुपर्ने, माक्स लगानुपर्ने लगायत विभिन्न नियमहरु भने पालना गर्नुपर्ने उनले बताएकी छन् ।

आउने हप्तादेखि केही स्टोरहरु समेत खोलिने उनले जानकारी दिएकी छन् ।

मे ४ देखि विद्यालयको पठनपाठन पनि सुरु हुने बताइएको छ । तर, केही अधिकारीहरुले भने लकडाउन सहज गर्दा पाएको उलब्धि पनि गुम्न सक्ने खतरा उत्तिकै भएको बताएका छन् ।

पछिल्लो रिपोर्ट अनुसार जर्मनीमा हालसम्म कोरोना भाइरसका कारण ३ हजार ८०४ जनाको ज्यान गइसकेको छ । त्यस्तै एक लाख २७ हजार ५८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

photo

NOC1-250x300