रोजगारी र कम आप्रवासनमा सीप विकासको योगदान

2fb06949f0a9b95dff4ab093f126ffaaनेपालको दक्षिणी तराई बुटवलमा पोल्ने घाममा २९ वर्षीय गोविन्द श्रेष्ठ टिनले छाएको झुपडीभित्रको वर्कसपमा आल्मुनियमको ढोकामा औजार चलाउँदा असिनपसिन भएका छन् । अर्का कामदार झ्याल राख्नका लागि सिसालाई आकार दिएर काटिरहेका छन् । अन्य दुई पर्दाका लागि आल्मुनियमको पाइप काटिरहेका छन् । उनीहरूले नयाँ कार्यालयको काम पूरा गर्न लाग्दा वर्कसप धेरै हल्लामय र व्यस्त भएको छ । यो नयाँ वर्कसप नौ महिनाअगाडि मात्रै खुले पनि हाल नाफामा चलिरहेको छ ।

“मैले धेरै माग्न सकिनँ । म आफ्नो लागि मात्रै कमाइरहेको छैन, अन्य चार जना मानिसको जीवनयापनका लागि कमाइरहेको छु,” वर्कसपका मालिक गोविन्दले भने । गोविन्दले देउराली जनता टेक्निकल स्कुलले सञ्चालन गरेको तीनमहिने तालिम कार्यक्रममा सहभागी भएपछि आफ्नो व्यवसाय स्थापना गरेका हुन् । यो एसियाली विकास बैंकको २ करोड डलरको सीप विकास आयोजनाअन्तर्गतको आर्थिक सहयोगमा सञ्चालित निजी तालिम केन्द्र हो ।

तालिमको अवधिमा उनले आल्मुनियमको ढोका, झ्याल, पार्टिसन कोठा बनाउन सिके । तर, व्यवसायको शिक्षा र व्यवसाय योजना पनि सिकेपछि उनले आफ्नै सानो व्यवसाय स्थापना गर्न सक्ने महसुस गरे ।

तालिम नलिएको भए स्कुले शिक्षा मात्रै प्राप्त गरेका गोविन्द मध्यपूर्व वा मलेसियाको रोजगारीका लागि प्रवासी कामदारका रूपमा जान सक्थे होला । मध्यपूर्व र मलेसियामा नेपालको प्रवासी कामदारको झन्डै ८५ प्रतिशत अर्थात् ३० लाख कामदार काम गर्ने र बसोबास गर्दै आएका छन् । नेपालमा प्रत्येक वर्ष ५ लाख ५० हजार मानिस रोजगार बजारमा प्रवेश गर्छन् । तर, स्थानीय स्तरमा राम्रो काम र तालिमको अभावमा धेरैजसो अदक्ष कामदारका रूपमा विदेश जाने गर्छन् । प्रत्येक दिन गोविन्द जस्तै झन्डै १२ सयदेखि १४ सय युवा मानिस रोजगारी र राम्रो अवसरको खोजीमा खाडी र मलेसियमा जाने गरेका छन् । उनीजस्ता मानिस अन्यत्र पनि जाने गरेका छन् ।

नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले कार्यान्यवय गरेको क्षमता विकास परियोजनाअन्तर्गत तालिमप्राप्त १७ हजार ४ सय ८५ मध्येका गोविन्द पनि एक हुन् । उनीहरूमध्ये धेरैजसोले या त काम पाएका छन् या आफ्नै व्यवसाय सुरु गरेका छन् ।

“अहिलेसम्म रोजगारीको दर ७० प्रतिशत माथि छ,” आयोजनाका निर्देशक जीवनारायण काफ्ले भन्छन्, “अझ महत्वपूर्ण कुरा के छ भने यसको प्रभाव वास्तवमै उच्च छ ।” तालिमले रोजगारी, नियमित आम्दानीतर्फ मानिसलाई डो¥याएको छ र धेरैलाई राम्रो स्वास्थ्य र शिक्षा सेवाका लागि खर्च गर्ने सक्ने हैसियतमा पु¥याएको उनले बताए ।

सीप विकास आयोजना आयोजना पूरा हुने समय २०१८ सम्म यसले नेपालभरिका झन्डै ४५ हजारलाई तालिम उपलब्ध गराउनेछ । उनीहरू डकर्मी, प्लम्बर, औद्योगिक इलेक्ट्रिसियन, ब्युटिसियन, कुक र सवारी तथा मोबाइल फोन मर्मत गर्ने जनशक्तिमा परिणत हुनेछन् । निर्माण, उत्पादन र सेवा क्षेत्रहरू नेपालमा ठूलो परिमाणमा सीप अभाव भएको क्षेत्र हो, जुन देशको आर्थिक वृद्धिको मुख्य बाधक बन्दै आएको छ ।

नेपाल जीविकोपार्जन, कृषि अर्थतन्त्रबाट बढी मिश्रित अर्थतन्त्रको संक्रमणमा रहेको अवस्थामा यसलाई आधारभूतदेखि मध्यम तहको प्राविधिक सीपका कामदारको आवश्यकता पर्छ । त्यसैले सीप भएका मानिसको बढी माग रहँदै आएको छ । यो पनि विशेष गरी सेवा क्षेत्रमा  नेपालको आर्थिक विकासलाई गति दिन सीप विकास र शिक्षाको माध्यमबाट मानव पुँजीको आधार निर्माण गर्नु महत्वपूर्ण हुनेछ । यो एसियाली विकास बैंकको प्राथमिकता पनि हो ।

“नेपालले श्रमबजारमा सीप र क्षमता नमिलेको अवस्थाको सामना गरिरहेको छ । जहाँ काम खोज्ने मानिसहरूमा उपलब्ध रोजागारीका लागि सही सीपको अभाव रहँदै आएको छ,” काठमाडौंमा एडीबीको रेसिडेन्ट मिसनको सीप विकास परियोजनाको नेतृत्व गरिरहेकी स्मिता ज्ञवाली भन्छिन् ।

स्थानीय तहका रोजगारदाताहरूले प्राविधिक र सामान्य रोजगारीको सीप भएका कामदारको अभाव भएको बताउँदै आएका छन् । यो आयोजनाले महिला र बहिष्कृत समूहहरूलाई प्रोत्साहित गर्दै आएको छ । यसमा दलित पनि समावेश छन् । नेपालमा गरिबीमा जीवनयापन गरिरहेका ठूलो संख्यामा पर्ने उनीहरू तालिम कार्यक्रममा सहभागी हुन सक्छन् । २० वर्षकी महिला तालिमे रीता जीसीले हाल लेथ सेटर अपरेटर हुनका लागि तालिम गरिरहेकी छन् ।

यो काम परम्परागत रूपमा पुरुषले गर्दै आएका छन् । उनी शिक्षातर्फ स्तानक पनि गर्न लागेकी छन् । नयाँ सीपपछि चाँडै नै रोजगारी पाउन सक्षम हुनेमा उनी विश्वस्त छिन् । अर्का तालिमे २३ वर्षकी सुमित्रा पाण्डे औद्योगिक इलेक्ट्रिसियन हुनका लागि अध्ययन गरिरहेकी छन् । उनी पनि रीताजस्तै आशावादी छन् ।  “बुटवलको विकास तीव्र दरमा चलिरहेको छ । निर्माणको काम बढिरहेको छ । मैले निश्चित रूपमा पनि काम पाउनेछु,” उनले भनिन् ।

सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हातमा सीप भएका मानिसले रोजगारीका लागि विदेशतर्फ विरलै मात्र ध्यान दिनुपर्छ । “तालिम प्राप्त मानिसहरूले आफ्नै मुलुकमा बसेर काम गर्ने इच्छा व्यक्त गरे भने उनीहरूले सजिलै रोजगारी पाउँछन् र आफ्नो सीपका साथ व्यवसाय सुरु गर्न सक्छन्,” सिटिइभिटीको कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्रशिक्षक विष्णुदत्त गौतम भन्छन् ।

यो संस्थाले केही प्रकारका तालिम सञ्चालन गर्दै आएको छ । गोविन्द आफ्नै मुलुकमा समान किसिमको आम्दानी गर्न सकिने भए खाडी तथा अन्य मुलुकमा जाने विषयमा सहमत हुन सक्दैनन् । यदि कोही मानिसमा सीप छ भने उसले आफ्नै मुलुकमा काम गर्न सक्ने भनाइ उनको छ ।

खत्री एडीबीको नेपाल रेसिडेन्ट मिसनका सिनियर एक्सटर्नल रिलेसन्स एसिस्टेन्ट हुन् । 

काराेवार दैनिकवाट साभार

 

photo

NOC1-250x300