१९ चैत, काठमाडौं । नवलपरासी कावासेतिमा भारतीय ट्रकले रोकिराखेको बसमा ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने मध्यविन्दु नगरपालिककाको चालिसकिलो भन्ने स्थानमा भएको दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ३९ ९५ बसलाई युपी ५८ टी ५४७१ को भारतीय ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।
बिग्रेर रोकिराखेको बसमा भारतीय नम्बर प्लेटको बसले पछाडिबाट ठक्कर दिएको हो । घटनामा मृत्यु भएका ३ जनाको सनाखत भएको प्रहरीले जानकारी दियो ।
दुर्घटनामा मृत्यु भएका दाङको सिरिगाउँका १६ वर्षीय दलिराम चौधरी, सोही ठाउँका १७ वर्षीय बीरबल चौधरी र सुर्खेत जुमखालाका ३८ वर्षीय हरि रामजाली मगरको सनाखत भएको छ ।
दुर्घटना विहान ३ बजे भएको इलाका प्रहरी कार्यलयले जनाएको छ ।
बसको टायर पञ्चर भएर मर्मत गर्दै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ ।दुर्घटनमा भारतीय ट्रकका चालकको पनि ज्यान गएको छ । उनको सनाखत भएको छैन ।
घाइतेहरुको मध्यविन्दुस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको