रोएरै हिंसा लुकाउन विवश, छन् महिला

women-pic-1बझाङ, २ फागुन । आज अधिकांश समाज पितृसत्तात्मक ढाँचाबाट संचालित छन् । जसले गर्दा परिवारमा उत्तराधिकारीको चयन गर्दा पनि पुरुषवाद हावी छ । जसमा वंश परम्पराको हस्तान्तरण पनि पुरुषद्धारा पुरुषलाई नै हुन्छ । लोग्ने वा पुरुषको जुन थर महिलाहरुले पनि जवर्जस्त त्यही झुण्याउनुपर्ने वाध्यता छ । त्यस्तै उत्पाद्न व्यवस्थामा महिला शब्दलाई पुरुषको विकल्पका रुपमा नहेरि पुरुषको सहयोगीका रुपमा मात्र परिभाषा गर्ने प्रचलन र मान्यताले विश्वभर नै महिलाहरुको आफ्नो स्वतन्त्र हैसियत रहन सकेको छैन । उत्पादन व्यवस्था लगायत सामाजिक व्यवस्थामा पुरुष बिनाको महिला र महिला बिनाको पुरुषको स्वतन्त्र अस्थित्व रहन सक्दैन । दुवैमा दुवैको समान भूमिका र महत्व रहन सक्छ । तर पनि समाजमा महिलाको हैसियतलाई निकै कम महत्व दिने परिपाटी कायमै छ ।विश्वव्यापी रुपमा महिला र पुरुषबिच असमानता देख्न सकिन्छ । विकसित समाजमा यसको दर कम भएपनि ती देशहरुमा समाजमा अर्थ राजनीति, प्रशासन तथा सामाजिक व्यवस्थामा उल्लेख्य स्थान रहन सकेको छैन ।

सामाजिक घरायसी कामबाट अधिकांस महिला अलग हुन सकेको एउटा अवस्था छ भने प्राकृतिक रुपमा नै महिलाहरुले बच्चा जन्माउनु पर्ने तथा त्यसको स्याहार संभारमा बढी ध्यान दिनुपर्ने अवस्थाले उनीहरु पुरुष सरह घरबाहिरका काममा संलग्न हुन सकिरहेका हुँदैनन् । अझ धार्मिक कट्टरता भएका समाजमा महिला स्वतन्त्रताको अवस्था निकै कमजोर छ । सामाजिक बन्देजमा उनीहरु घेरिएका छन् । विश्वमा नै पितृसतात्मक परिवारिक ढाँचा छ । जसले महिला मुक्ति, समानता, स्वतन्त्रता र अधिकार जस्ता पक्षमा सामाजिक मुक्ति तथा मनोवैज्ञानिक एकता कायम गर्न बाधा उत्पन्न गरेको छ ।अहिलेको एक्काइसौँ शताव्दीको संघारमा आइपुग्दा पनि लैङ्गिक विभेद कम हुन सकेको छैन । दिन प्रतिदिन महिला हिंसा बढ्दै गइरहेका छन् । कहिले बलात्कार, कहिले बिच बाटोमा छुरी हानेर मारेको त कहिले श्रीमानले श्रीमतीलाई मारेको प्रशस्त उदाहरण पाइन्छ । हुँदा हुदै तेजाब समेत छरेको कुराहरु हामी पढ्दै, सुन्दै र देख्दै आएका छौ । वर्तमान अवस्थामा नेपाली महिलाको स्थितिलाई हेर्ने हो भने राज्यले बाहिर ल्याएका तथ्याङ्गहरुलाई मात्र पूर्ण आधार मान्न नसकिने स्थति देखिन्छ । किनभने यसले नेपाली महिलाको जटिलतालाई बुझ्न अत्यन्तै सुक्ष्म तहको अध्ययनको खाँचो छ । जसले समस्त नेपाली भू भागमा बसोवास गर्दे आएका विभिन्न समुदाय भित्रको महिलाको पिडा, कुण्ठा, असहयोग, दमनको अवस्था, कुसंकार र मान्यताबाट प्रताडीत भएको अवस्था आदिलाई बुझ्न सकेको होस् । अथार्त जहाँ नारीको पुजा हुन्छ त्यँहा देवताको वास हुन्छ भन्ने पौराणिक भनाईले केवल कितावमा मात्र शोभा दिने गरेको छ ।

पुरुष प्रधान हाम्रो समाजमा महिलाको स्थिति अझै पनि दयनिय अवस्थामा रहेको छ । गरिवी, अशिक्षा, अज्ञानता र अंन्धविश्वासले ग्रसित बझाङका महिलाहरु विवस र निरिह भएर वाँच्न बाध्य भएका छन् । बझाङगी महिला माथि घरेलु हिसांको चरम यातना त छदैछ तर घरेलु हिसाँ, बलात्कार, अपहरण र हत्याको मारमा परेका छन् महिलाहरु । छोरी जन्माएको निहुँमा, आफनो श्रीमानद्धारा बहु–विवाह गरि यातना दिने लगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने काम समाजका अगुवा भनाउँदाहरु बाट नै हुने गरेको पाइएको छ ।महिलालाई अधिकार सम्पन्न बनाउन नाराहरु मात्र हैन योजनाको आवश्यक्ता छ । सरकारका योजना नीति कार्यक्रमहरु व्यवहारमा लागू हून सकेको छैन् यी योजना कार्यान्वयनको पक्ष भने एकदमै फितलो देखिएको छ । त्यसैले सबै महिला अधिकारवादी संस्थाहरु, राजनीतिक दलहरु र महिला सभासद्हरु मिलेर बढ्दै गइरहेको घरेलु हिसांलाई रोक्न पहल गर्नु पर्छ । महिला माथि हुने सबै खाले हिसांलाई निमूल पार्न एकजुट हुनु पर्छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान भएपनि बझाङमा भने आफना पार्टीगतका नारा घनकाए ,के यि पार्टीका आ, आफना नाराले पिडित महिलालाई केन्दित गर्छ होला त ? । यस वर्षको “नारा घर शान्ति नै विश्व शान्तिको आधार , दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने नारा रहेको थियो । लैंगिक हिंसाविरुद्धको अभियान चलाएको लामो समय भए पनि यसले सार्थकता पाउन सकेको छैन । महिलामाथि कुनै न कुनै प्रकारका हिंसा भइ नै रहेका छन् ।

बझाङ,लेकगाउँ गाविसकी कौफली धामी, को दैनिकी दिनहुँ जसो रोएरै दिन वितेको छ, श्रीमानले दुःख दिएकै कारण । सानो छोरा आफ्नो पोइली घरमा छोडेर माइतमा आएकि छन् । दिनहुँ श्रीमान जेठाजु र सासु ससुराले उनलाई कुट पिट गर्ने र नानाथरी गाली गर्दा पिडै पिडा खेप्न विवश छन् उनी । त्यो पिडालाई सहन गाह्रो भए पनि सार्वजनिक हुन चाहन्थ्निन् । तर अन्त्यमा भने उनले आफनो पिडालाई,सार्वजनिक गरेर छोडिन् । उनले आखामा आसु पुछदै भनिन् श,पटकसम्म सहे,अझैपनि बाटा घाटामा,कुटपिट गरेर निकाला गरे महिला तथा बालबालिकामा उजुरी दिए , महिला अधिकार मञ्चमा हुदै अहिले अदालतसम्म यो केस पुगेको छ । म जस्ता कैयौ ,महिला दिदी बहिनीहरुको केस यस्तै गरेर अल्झेका छन् होला । म मात्रै होइन् पिडित , मजस्ता हजारौ दिदीबहिनीहरु पिडाको मारमा परेका छन् उनले रुदै,भनिन् मलाई,सम्वन्धित निकाय र अदालतले छिटो भन्दा छिटो न्याय दिलाओस भन्ने उनको आभास रहेको छ । तर उनको मामिला कहिलेसम्म सरकारले , न्यायको लागीआवाज उठाउँछ । उनलाई पनि श्रीमानले यातना दिन्छन् । छोराका अगाडि रुन पनि गाह्रो श्रीमानको गाली सहन पनि साह्रो । त्यो पिडालाई मानसिक रुपमै खेप्न यो लोकतन्त्रको हनन् हो । समाजमा शिक्षित मान्छेबाटै महिला अपहेलित हुने गरेका छन् । आर्थिक रुपले सक्षम नभएका कारण महिला हिंसामा पर्दै आएका छन् ।

महिला अधिकार मञ्चको तथ्याङक हेर्दा , ०७०÷०७१÷०७२÷०७३ मा सामाजिक हिसाँ,१८ जना,बलात्कार,९ जना वेचविखन,२ जना घरेलु हिसाँ ७६ जना बलात्कार उद्योग, ६ जना मानसिक हिसाँ ५९ जना बालविवाह,४ जना जम्मा हिसाँ हुनेको सख्या,२०९ रहेको छ । शत प्रतिशत मानिस शिक्षित छन, जागिरे छन् वा सत्तामा पुगेका छन् भन्ने तथ्यको निष्कर्ष यसवेला बढी प्रभावकारी हुन सक्दैन । आकँडाले मात्र महिलाहरुको अवस्थालाई देखाउन सक्दैन । शिक्षित र अधिकार सम्पन्न मानिएका महिलाहरुमा पनि प्रशस्त लैङ्गिक विभेदको अवस्था छ । निर्णय प्रकृयामा उनीहरुको भूमिका रहन सकेको छैन । विभिन्न प्रयासहरुका बाबजुद पनि किन महिलाको हैसियत माथी उठ्न सकेको छैन ? यो प्रश्नको उत्तरले निकै महत्व राख्दछ की महिलाको हैसियत मापनका आधारहरुको पुनर्विकास र परिभाषाको जरुरी छ । जे जति प्रयासहरु गर्ने खोजिएका छन् तिनले महिलाको वास्तविक समस्यालाई पहिचान गर्न अझै असमर्थ रहेका छन् । बझाङ जिल्लाको सन्र्दभमा हेर्ने हो भने वढि, दुव्र्यवहार र बेचविखनका मुद्धा सदरमुकाममा केन्द्रित छन् । सदरमुकामको त हालत यस्तो छ , विकट गाउँ वस्तिका जनताको अवस्था ,दयनिय बन्दै गएको छ । बझाङमा हेर्ने हो भने सुत्केरी ,महिलालाई नै सासुले बुहारिलाई असहय व्यवहारहरुका घटनाहरु घटाएका छन्् ।

त्यो परिवर्तन सबै ठाउँका एकल महिलाले भोग्न भने पाएका छैनन् । नेपालको पछिल्लो जनगणना अनुसार नेपालमा झण्डै छ लाख एकल (विधवा) महिला रहेकोमा ६७ प्रतिशत २० देखि २५ वर्षकै उमेरमा विधवा महिला भएका छन् । ती एकल महिलामध्ये ८९ प्रतिशत निरक्षर छन भने ११ प्रतिशत मात्र साक्षर रहेको केन्द्रीय तथ्यांक विभागको हालै सार्वजानिक तथ्यांकमा उल्लेख गरिएको छ । विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनलाई आधार मान्दा एकल महिलाको संख्या प्रत्येक वर्ष दुई प्रतिशतले वढेको अनुमान गरिन्छ । एकल विधवा) महिलाको छुट्टै तथ्यांक नेपालमा पहिलो पटक निकालिएको हो र यस्तो तथ्यांक निकाल्ने देशमा नेपाल विश्वमै पहिलो राष्ट्र भएको यस क्षेत्रमा कार्यरत महिला अधिकारकर्मीहरु दाबी गर्छन । पटक पटक गरी देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर एकल विधवा महिला अहिले पनि विभिन्न वहानामा शोषण र विभेदको शिकार बनेका छन्। त्यसो भन्दैमा विगतको तुलनामा एकल विधवा महिलालाई हेर्न दृष्टिकोणमा परिवर्तन नभएको भने होइन, तर यो परितर्वन सबै ठाउँमा पुग्न सकेको छैन।

समयको परिवर्तनसगै उनीहरुले विकल्प पनि खोज्दै छन् । यसको परिणाम समाजमा महिलाले गर्न नहुने भनिएका घर छाउन,े मलामी जाने, हलो जोत्ने जस्ता काम गर्न उनीहरु अघि सर्न थालेका छन् । विधवा शुभ कार्यमा जानु हुन्दैन भन्ने कुरालाई तोड्न संगठित भएर रातो पहिरन लगाउने र हरेक सामाजिक कार्यमा सहभागी हुने गरेका छन् । एकल विधवा महिलाको आत्मविश्वासका लागि रातो पहिरनलगायतका अभियान अहिले पनि जारी छ । यस प्रकारको अभियानले धेरै महिलालाई खुशी र सुखी बनाएको छ । विकासोन्मूख देशमध्ये पनि खास अफ्रिका, दक्षिण एसियाली र मध्यपूर्वी देशहरुमा सबै उमेरका एकल विधवा महिलाले घरेलु, सामाजिक, आथिर्क र राजनीतिक हिंसा भोग्नु परिरहेको छ। तर नेपाल र भारतमा जस्तो धर्म, संस्कृतिक, जातजाति र वर्गको आधारमा एकल विधवा महिलालाई हेला निन्दनिय कार्य अन्य देशमा कम हुने गरेको पाइएको छ। युरोप, अमेरिका, अष्ट्रिेलिया वेलायत, जापान जस्ता देशमा विधवा भएर सामाजिक, आथिर्क सांस्कृतिक कुनै विभेद भोग्नु पदैनन्। अफ्रिकी मुलुकमा गरीबीका कारण एकल विधवा महिलाले भोकमरी जस्ता विविध खाले समस्या भोग्ने गरेको पाइन्छ । भनेर बताउँछिन् महिला अधिकार मञ्च बझाङकी,उपाध्यक्ष जयन्ती,जोशी,।

 

photo

NOC1-250x300