काठमाडौं। पछिल्लो समय रेखाको चर्चा निकै चलेको छ। राइटर यासेर उस्मानको किताब रेखा द अनटोल्ड स्टोरीका कारण उनको चर्चा बढेको हो। यो पुस्तक आउनुअघि धेरैलाई थाहा थिएन उनी कुमारी आमाकी सन्तान हुन् भन्ने तथ्य। रेखाकी आमा पुष्पावती लमिल र तेलुगु फिल्मकी एक्ट्रेस थिइन्। उनले तमिल एक्टर जैमिनी गणेशनसँग धेरै फिल्ममा काम गरेकी थिइन् त्यही दौरानमा उनीहरुको अफेयर भयो। यो जोडीले दुई छोरी जन्माए रेखा र राधा। दुई छोरीमध्ये रेखाको जन्म उनीहरुको विवाहभन्दा पहिल्यै भएको थियो।
त्यस्तै श्रुती हसन पनि कुमारी आमाकी सन्तान हुन्। तमिल सुपरस्टार कमल हसन र सारिकाकी छोरी श्रुतीको जन्म हुँदा पनि उनका मातापिताको विवाह भएको थिएन। श्रुतीको जन्म भएको दुई वर्षपछि मात्र कमल र सारिकाको बिहे भएको थियो। कमल हसन आफ्नी पहिलो पत्नी वाणीसँग सम्बन्धविच्छेदपछि सारिकासँग नजिकिएका थिए। सोही समयमा श्रुती हसनको जन्म भएको हो। कमल हसन र सारिकाले बिहे गरेपछि अर्की छोरी अक्षरालाई जन्म दिएका थिए।
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह
पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध
पिपुल नेपाल संवाददाता,२९ साउन,काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्
काठमाडौँ, २९ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन