रूपन्देहीमा २ राउण्ड गोली प्रहार

२० साउन, रूपन्देही – रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित सिरिसा मार्वलमा अज्ञात व्यक्तिद्वारा २ राउण्ड गोली प्रहार भएको छ । पसलमा आएका व्यक्तिले पेस्तोल वाट गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली प्रहार भएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । मार्वल टायल पसलमा दिउँसै गोली प्रहार भएपछि स्थानियवासी त्रसीत भएका छन् ।

पसलका संचालक दिपक भण्डारी पसलमा नभएको समयमा अज्ञात व्यत्तिले गोली प्रहार गरेर भागेको बताएका छन । २ राउण्ड गोली भित्तामा मार्वलमा लागेको छ ।

 

photo

NOC1-250x300