१३ असार, रुकुम । गएराती रुकुमको सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु बिच झडप भएको छ । गाउँपालिका वडा नं. ५ मा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
झडपको क्रममा नेपाली काँग्रेसका दुई जना र माओवादी केन्द्रका तीन जना कार्यकर्ताहरु घाइते भएको प्रहरीले बताएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताहरु कोठामा बसिरहेको अवस्थामा काँग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जानकारी दिएको छ । तर काँग्रेसले भने आफ्ना कार्यकर्ताहरु बाटोमा हिडिरहेको अवस्थामा वाईसीएलले आक्रमण गरेको बताएको छ ।
झडपको क्रममा काँग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी घाइते भएको बताएको छ । माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जानकारी दिएको छ ।
घाइते मध्ये काँग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामन्य उपाचार पछि थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री