रियल मड्रिड हार्नबाट जोगियो

एजेन्सी, १२ भदाै – स्पेनिस लिग ला लिगामा रियल मड्रिड भ्यालेनसियासँग हार्नबाट जोगिएको छ । आइतबार राति भएको खेल दुईदुई गोलको बराबरीमा सकिएको हो ।

draw

खेलमा अग्रता रियलले मार्को एसिन्सियोको गोलमार्फत बनाएको थियो । तर, भ्यालेनसियाले खेलको १७ औ मिनेटमा बराबरी गोल फर्काए । भ्यालेनसियाका लागि कार्लोस सोलरले गोल गरे ।

खेलको ७७ औ मिनेटमा जेफ्रीले गोल गर्दै भ्यालेसियालाई अग्रता दिलाए । तर, कमव्याक गर्न माहिर रियलका लागि मार्को एसिन्सियोले ८३ औ मिनेटमा बराबरी गोल फर्काए । यो बराबरीसँगै रियल अंक तालिकामा बार्साभन्दा दुई अंकले पछि परेको छ ।

 

photo

NOC1-250x300