राष्ट्रियसभा निर्वाचनमा ४५ उम्मेदवार, भोलि मनोनयन फिर्ता लिन सकिने

घ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Image result for rastriya sabha nirvachan 2076 cartoon image of voting box nepal

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पद रिक्त हुने भएपछि आयोगले १८ सीटमा निर्वाचन गर्न लागेको छ भने १ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको जानकारी दिँदै आयोगका सहसचिव प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन कार्यतालिका अनुसार भोलि बिहीवार उम्मेदवारी मनोनयन फिर्ता लिन सकिने जनाएका छन् ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध मतदाताको मतभार बहुमत रहेका छन् ।

 

photo

NOC1-250x300