काठमाडौ, जेठ १८ – नेपालस्थित जर्मनीका राजदूत म्याथिस मेयरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपतिको कार्यलय शीतलनिवासमा भएको शिष्टाचार भेटमा दुइ देशवीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यलयले जनाएको छ ।
म्याथिस मेयर कार्यकाल पुरा गरी छिटै स्वदेश फर्कदैछन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले राजदूतले नेपालमा रही निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिएकी थिइन् ।