राष्ट्रपति भण्डारीलाई रेडकार्पेट : हिजो अपमान, आज सम्मान

C9qtmXfWsAA7W8_-768x510

 
काठमाडौँ, वैशाख ५ – भारत भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवि भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् ।

सोमबार नयाँ दिल्ली पुगेकी राष्ट्रपति भण्डारीलाई आज विहान भारतीय राष्ट्रपतिले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका हुन् ।

राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो ।

 

भण्डारीको स्वागतमा सलामी अर्पण गरिएको छ ।

राजकीय भ्रमणका क्रममा उनी राष्ट्रपति प्रणव मुखर्जीको अतिथिका रुपमा राष्ट्रपति भवनमा रहनेछिन् ।

राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छिन् ।

राष्ट्रपति भण्डारी मंगलबार दिनभर राजनीतिक भेटवार्तामा वस्त रहनेछिन् ।

बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।त्यस लगत्तै गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् ।

 

त्यसपछि अपरान्ह वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् । आज साँझै प्रधानमन्त्री नरेन्द्र मोदी तथा उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

 

photo

NOC1-250x300