किन गए प्रधानमन्त्री शीतलनिवास ?

Bidhya-Bhandari-and-Prachan१७ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शीतल निवास बोलाएकी छिन् ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीवीच सोमबार बिहान ९ बजे भेट तय भएको शीतलनिवास स्रोतले जानकारी दियो ।

 

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको तरंग राष्ट्रपति कार्यालयसम्म पुगेको छ ।

महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै गहृमन्त्री विमलेन्द्र निधीले राजीनामा दिएका छन् । सत्ता साझेदार राप्रपा नेपाल पनि सरकारबाट बाहिरिने हो कि भन्ने चिन्ता छ । यी सबै घटनाक्रमहरुका कारण बैशाख ३१ को चुनाव प्रभावित हुने हो कि भन्ने भय उत्पन्न भएको छ ।

पछिल्लो राजनीतिक तनावका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेको शीतलनिवास स्रोतले बतायो

 

photo

NOC1-250x300