राशिफल : कार्तिक ७ गते / अक्टोबर २४ तारिख मंगलबार

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ७ गते मंगलबार इश्वी सन २०१७ अक्टोबर २४ तारीख ।

rashi_D2hVDHHoQXमेष राशि : चु, चे,चो, ला, लि, लु, ले, लो, अ

शारीरिक परि श्रम बढ्ने छ । कार्यमा ढिला सुस्ती हुनेछ । आय आर्जनमा सन्तुष्टि मिल्ने छैन । यात्रा एवं खानपानमा विचार पुर्‌याउनु होला ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यवसायमा अवरोध सिर्जना हुनेछ । आपसी सद्भावमा आंशिक तनाव उत्पन्न होला । धार्मिक कार्यमा आस्था बढ्नेछ । यात्रा हुनेछ ।

मिथुन राशि: का, कि, कु, घ, ङ, छ, के, को, ह

हर्ष एवं उत्साह बढ्नेछ । कार्यप्रति व्यस्तता बढ्नेछ । धार्मिक यात्राको योग रहेको छ । नयाँ योजनाहरु बन्नेछन् । स्वास्थ्य समस्याले सताउनेछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

माङ्गलिक कार्यमा सहभागीता बढ्नेछ । आकस्मिक धनलाभ हुनसक्छ । सभा सम्मेलनमा सहभागी हुनेछ । दैनिक कार्यमा मन लाग्नेछैन ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

न्यायिक कार्यको अल्झनमा सुधार हुनेछ । खर्चिलो योजना बन्ने छन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा प्राप्ती हुनेछ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मित्रको सहयोग प्राप्त हुनेछ । लेखन कार्यमा मन जानेछ । नयाँ योजनाहरु बन्नेछन् । रमाइलो यात्राको योग रहेको छ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

शारिरीक एवं मानसिक स्फुर्ति बढ्नेछ । धार्मिक कार्यमा सहभागीता बढ्नेछ । मनमा प्रसन्नता छाउनेछ । पदोन्नती को योग रहेकोछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

अध्ययन अध्यापनमा प्रगति हुनेछ । साहित्यिक लेखनमा रुचि बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । सम्मान प्राप्त हुनेछ । यात्राका योजनाहरु बन्नेछन् ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

राजनैतिक आलोचना बढ्नेछ । दाम्पत्य जीवनमा सकारात्मक भावको विकास हुनेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । धनआर्जन हुनेछ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सन्तान सुख प्राप्त हुनेछ । पेशा व्यवासायबाट लाभ मिल्नेछ । सामाजिक तथा औषधोपचार कार्यमा सफलता मिल्नेछ । कार्यमा तत्परता बढ्नेछ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्यमा सुधार आउनेछ । सांस्कृतिक कार्यमा मनजानेछ । प्राविधिक क्षेत्र सबल रहनेछ । सामाजिक कार्यमा संलग्नता हुने अवसर मिल्नेछ ।

मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

वैदेशिक व्यवसायमा अल्झन देखा पर्नेछ । साहित्यिक कार्य प्रभावकारी रहनेछ । सामाजिक मानसम्मान प्राप्ति हुनेछ ।

 

photo

NOC1-250x300