people Nepal » राप्रपा र एमालेबीच चुनावी तालमेल राप्रपा र एमालेबीच चुनावी तालमेल – people Nepal

राप्रपा र एमालेबीच चुनावी तालमेल

 

काठमाडौ, बैशाख १९ – एमाले र राप्रपाबीच उपत्यकाभित्रका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले बताएका छन् ।

यो सहमति अनुसार काठमाडौ र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले दुवैमा उपमेयरको उम्मेदवार उठाउने भएका छन् । काठमाडौँको मेयरमा एमालेले केही समयपछि उम्मेदवार तय गर्नेछ ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठका अनुसार सहमति अनुसार नै बाबुकाजी महर्जनलाई ललितपुरको उपमेयरका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिइसकेका छन् भने उपमेयरमा उम्मेदवारी दिएका सुकमाया तामाङले उम्मेदवारी फिर्ता लिनेछन् ।