राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२४ साउन,काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ ।

resize_imageपार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहलाई उपेक्षा गरेको, पार्टीलाई विभाजन गर्न परोक्ष भूमिका निर्वाह गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले राष्ट्रवादी एवं हिन्दू राष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने पक्षले पार्टी विभाजनको प्रयास गरेको दाबी गर्नुभयो ।

सो पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित ६४ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक)’ कायम गर्न दिएको निवेदनमा सात केन्द्रीय सदस्य नरहेको र केही व्यक्तिको कीर्ते हस्ताक्षर गरिएको र केही व्यक्ति पार्टीको मूल प्रवाहमा नै रहेको उहाँले बताउनुभयो ।

पार्टीको विधानमा १६५ केन्द्रीय सदस्यको व्यवस्था भएको र त्यसको ४० प्रतिशत सङ्ख्या राणा समूहसँग नपुगेकाले सो निवेदन खारेज गर्न निर्वाचन आयोगसँग बैठकले माग गरेको छ ।

सोमबारदेखि सुरु भएको सो बैठक बुधबार बिहान ९ बजे पुनः बस्नेछ । सो पार्टीका ३७ सांसद रहेकामा केही राणा समूहमा रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको