राजपा नेपालको कार्यसमितिमा एमाले नेताको नाम !

rajapa_IvtfnYbBTKअसार ३०, काठमाडौ– राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

 निवेदनसँगै पेस गरेको कार्यसमितिको नामावलीमा अनिता यादव, समिम मियाँ अन्सारी, राजेश्वर महासेठ, कमलेश्वर पुरी, मनमोहन चौधरीको नाम पनि उल्लेख छ ।

राजपा नेपाल छाडेर अनिता यादव, समिम मियाँ अन्सारी र राजेश्वर महासेठ एमालेमा प्रवेश गरिसकेका छन् भने मनमोहन चौधरीले स्वतन्त्र उम्मेदवार भएर नागरिपालिकाको मेयरमा जितेका छन् । त्यस्तै कमलेश्वर पुरीले केन्द्रीय सदस्यबाट राजिनामा दिएका छन् ।

तर, राजपा नेपालले दल दर्ताका लागि असार २३ गते निर्वाचन आयोगमा निवेदन दिएपछि असार २८ गते बुझाएको कार्यसमिति सदस्यको सूचिमा उनीहरुको नाम पनि समावेश भएको हो । 

राजपा नेपालका सहमहामन्त्री रहेका समिम मियाँ अन्सारी जेठ १३ गते नै सो पार्टीबाट राजिनामा दिएर एमाले पार्टीमा प्रवेश गरेका थिए । राजपा नेपालका कोषाध्यक्ष अनिता यादव भने असार ४ गते सो पार्टी छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेमा अहिले उनीहरुले कुनै जिम्मेवारी नपाएपनि संगठनका लागि सक्रिय भइसकेका छन् । 

त्यस्तै, रुपन्देही जिल्लाका मनमोहन चौधरी जसले असार १४ गते भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदारी दिएर लुम्बनी सँस्कृति नगरपालिकाको मेयरमा जितेका छन् । उनी राजपा नेपालका केन्द्रीय सदस्य हुन् ।

राजपा नेपालका महासचिव जितेन्द्र सोनलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावमा भाग लिने व्यक्ति राजपा नेपालमा नेता नभएको  प्रतिकृया दिएका थिए । तर अहिले राजपा नेपालको केन्द्रीय सदस्यको रुपमा  उनको नाम पनि निर्वाचन आयोगमा पठाइएको हो । 

गोश्वामी पुरी पनि  राजपा नेपालको केन्द्रीय सदस्यबाट राजिनामा दिएर स्थानीय तहको चुनावमा सहभागि भएका थिए । राजीनामा दिएका उनको पनि राजपा नेपालको केन्द्रीय सदस्यको रुपमा आयोगमा नाम पठाइएको छ । 

राजपा नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले पार्टीमा हुँदै नभएको व्यक्ति कार्यसमितिमा रहनु गलत भएको भन्दै यसलाई सच्याइनुपर्ने बताए । 

एमालेमा प्रवेश गरिसकेकी नेतृ अनिता यादवले आफूले राजपा नेपाल छाडेर एमालेमा प्रवेश गरिसकेकाले आयोगमा नाम पठाउनु गलत कार्य भएको बताइन् ।

राजपा नेपालमा राजिनामा समेत बुझाएर आफू कार्यक्रम गरेर नै एमालेमा प्रवेश गरेका हुनाले सो दलसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको प्रतिक्रिया छ  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको