June 13, 2017

राजपाले विथोल्यो एमालेको चुनावी कार्यक्रम (भिडियोसहित)

 

राजविराज, जेठ २८– नेकपा एमालेको चुनाव कार्यक्रम राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विथोलेका छन् । सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपा कार्यकर्ताले विथोलेका हुन् । उनीहरुले एमालेको प्रचार सामग्रीसमेत जलाइदिएका छन् ।

राजपा कार्यकर्ता एमालेको कार्यक्रम भइरहेको धर्मशालामा प्रवेश गरी एक्कसी तोडफोडमा उत्रिएका थिए । एमालेले चुनावी प्रचारका लागि राखेको झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन् ।

नेकपा एमालेले राजपाले गरेको आक्रमणको निन्दा गर्दै दोषीमाथि आवश्यक कारवाहीको माग गरेको छ । घटनाको भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ ।

निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटीका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गरेका छन् ।

घटना लगत्तै प्रहरी टोली पुगेका कारण स्थिति नियन्त्रण बाहिर जान नपाएको बताइएको छ । प्रहरी टोलीले झडप हुनबाट रोकेपछि थप क्षति भने हुन पाएन ।

हेर्नुहोस्, भिडियोः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

  आश्विन  १०, महोत्तरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ, भदौ २२ गते  । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने आज ऋषिपञ्चमी

काठमाडौँ, १६ भदौ (रासस) : प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शितल निवासमा भेटवार्ता

१३ भदौ,काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता सम्पन्न

नगरिकता बिधेयक राष्ट्रिय सभामा रोक्न सबै पक्षहरूले दिए दबाब

काठमाडौँ, १० भदौ । नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक

किन युवाको उमेरमै छैन एकरूपता ?

 आइतबार, भाद्र ०५,अन्तर्राष्ट्रिय सङ्घ/संस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन