राजपाले माग्यो दुई दिन सार्वजनिक विदा

९ कात्तिक, काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले संविधान संसोधन नभएसम्म मधेशका जनता अधिकारबाट बञ्चित हुने बताएका छन् ।

आगामी निर्वाचनमा जनशक्ति नेपाल पार्टीसंगको तालमेलको बिषयमा जानकारी दिन आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले विगत लामो समयदेखि संसोधनका विषयमा आफुहरुले आवाज उठाएपनि राज्यपक्षले वेवास्ता गरेको आरोप समेत लगाए । आगामी निर्वाचनमा जनताका माझबाट गएका प्रतिनिधीहरुले मधेशीलगायत जनजातिको अधिकारको सुनिश्चितता संविधानमा खोज्ने उनको भनाई छ ।

कार्यक्रममा जनशक्ति नेपाल पार्टीका अध्यक्ष राम कुमार ओझाले छाता चूनाव चिन्ह लिएर आगामी निर्वाचनमा प्रतिनिधित्व जनाउने बताए । यस्तै पत्रकार सम्मेनलमा राजपाले छठ पर्वमा दुई दिन सार्वजनिक विदा दिन माग समेत गरेको छ ।

 

photo

NOC1-250x300