रबिन्द्रको पार्टीको नाम साझा पार्टी, चुनाव चिन्ह तराजु

dWtckRYG-696x679१८ फागुन, काठमांडौ । लामो समय पत्रकारिता जगतमा परिचित नाम रबिन्द्र मिश्रले पनि नयाँ पार्टी गठन गरेको छ । १७ गते प्रेस विज्ञप्ति निकाल्दैै मिश्रले नयाँ पार्टी गठन गरेका हुन् । मिश्रले खोलेको नयाँ पार्टीको नाम साझा पार्टी हुने भएको छ । उनको पार्टीको चुनाव चिन्ह भने तराजु रहने छ । मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बीबीसी नेपाली सेवाको जागिर छाडेका मिश्र सहितको टिमले खोल्ने नयाँ पार्टीको टिममा विश्लेषक मुमाराम खनाल, पूर्वसम्पादक अजयभद्र खनाल, पूर्वसचिव किशोर थापा, अभिवक्ता ओमप्रकाश अर्याल, निरुपमा यादव, क्रिकेट संघकी सिइओ भावना घिमिरे, डा. सरोज धिताल, पूर्वधार विज्ञ सुरेशराज आचार्य लगायतका चर्चित ब्यत्तित्वहरु सहभागी हुने छन् ।

 

photo

NOC1-250x300