फागुन काठमाडौ । नेपाल लाईफ इन्स्योरेन्स्ले शुक्रबार एफपिओ बाँडफाँड गर्यो । यस बाँडफाँडले आम लगानीकर्ताको महत्वाकांक्षा पुरा गर्न सक्यो या सकेन त्यो अर्को बहसको विषय हुन सक्छ । तर एउटा कुरा के सत्य हो भने एनएलआसीको एपिओमा आम लगानीकर्ताले आफ्नो बलबुताले भ्याएसम्म लगानी गर्न तम्सिए । पौने पाँच अर्बको एफपिओ जारी गरिएकोमा करिब ५५ अर्ब रूपैयाँ आवेदन पर्यो । यस एफपिओको कारण बजारमा तरलता अभाव सिर्जना भयो भने आम लगानीकर्ताले द्रोस्रो बजारमा घाटै खाएर भएपनि सेयर विक्री गरेर लगानी गरे । यहाँ हामीले यसरी लगानी गर्नेले जिते या हारे भन्दा पनि नेपाल लाईफको सेयरमा सबैभन्दा बढि लगानी गर्ने लगानीकर्ता को रहेछन् भन्ने कुरा देखाउन चाहेका छौँ ।
एफपिओमा सबैभन्दा बढि लगानी गर्नेमा मारवाडी समुदाय
नेपालको सेयरबजारमा सबैभन्दा धरै उपस्थिती मारवाडी समुदायको छ । बैंक तथा वित्तिय क्षेत्र, बीमा लगायत हरेक क्षेत्रमा उनीहरुको लगानी र उपस्थिती बलियो छ । नेपाल लाइइफको एफपिओमा लगानी गर्नेमा पनि मारवाडी समुदाय अगाडी देखिएको छ । एफपिओमा लगानी गर्ने अधिकतम सीमामा यो समुदाय नै देखा परेको छ । अधिकतम सीमा ४ करोड ३८ लाख ८ हजार ४ सय रूपैयाँ लगानी गर्नेमा माडवाडी समुदाय नै देखिएको छ । यसमा सेयर बजारका नामुद खेलाडी मानिने अग्रवाल, सांघाइ गु्रप, खेतान, टिवडेवाल समुह नै अग्रपंतिमा देखिएको छ । स्मरण रहोस् नेपालको बीमा बजारमा यीनीहरूको बोलवाला र लगानी बढि छ । एनएलआइसीमा पनि माडवाडी समुदायको लगानी अत्याधिक छ ।
बैंकहरूको लगानी बढ्दै
हुनत आइपीओ, एफपिओ आम सर्बसाधारणको आर्थिक स्तर उकास्ने गरी उनीहरूलाई लक्षित् गरी जारी गर्ने प्रचलन नेपालमा छ । तर पछिल्ला दिनमा संथागत लगानीकर्ताको नाममा सर्बसाधारणको त्यो भाग पैसा धेरै भएका बैंक तथा वित्तिय संस्थाले खोस्दै आएका छन् । एनएलआइसकिो हकमा माडवाडी समुदायपछि अधिकतम सिमामा लगानी गर्नेमा बैंक तथा वित्तिय संस्था देखिएका छन् । बैंकहरूले बजारमा ऋण लगानी गर्न तरलता अभाव भएको भन्दै हारगुहार गरेपनि एफपिओमा भने सर्बसाधारणको निक्षेप ल्याएर एफपिओमा खन्याएको देखियो ।
प्रस्तुत छ एनएलआइसीको एफपिओमा सबैभन्दा अधितम सीमा (३०९००कित्ता) मा लगानी गर्ने व्यक्ति र विक्तिय संस्थाको नामावली
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
१७ माघ,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले प्रिफ्याब भवन
२५ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा
२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस
१९ पुस,काठमाडौं । मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१
१८ पुस,काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।