यी व्यक्तिहरु पर्दैछन् :विप्लवको निशानिमा

Biplob-750x457काठमाडौ, फागुन १८ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले केहि समयदेखि विभिन्न व्यक्ति तथा समूहरुलाई कारबाहि गर्ने चेतावनी दिदै आएको छ । केहि समय अगाडि विप्लवको कार्यक्रताहरुले लोकमान सिंह कार्कीलाई सर्वाेच्च परिसरमै कालो मोसो समेत दलेका थिए । पछिल्लो समय विप्लवले नेपाली युवा (युवतीलाई विदेशमा बेच्ने म्यानपावर कम्पनीलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

‘अपमानजनक कामका निम्ति हाम्रा दिदीबहिनी विदेशमा बेच्ने म्यानपावरहरु सचेत होऊन्, माओवादी पार्टीका तर्फबाट त्यस्ता म्यानपावर ध्वस्त पारिन्छ । जीपीएमजी बोक्ने हाम्रा दिदीबहिनीहरु यस्ता हर्कतलाई चुपचाप सहेर बसिरहन सक्दैनन्’ विप्लवले भने । महासचिव विप्लवले नेपाली युवा(युवतीहरुको बिक्री भइरहेको बताउँदै राज्य सञ्चालकहरु भने निर्लज्ज तरिकाले युवाहरुको रगत पसिनाबाट भित्रिएको रेमिट्यान्सबाट नयाँ–नयाँ गाडी चढिरहेको बताए । उनले आफ्नो पार्टीले युवा(युवतीलाई विदेशमा बेच्ने र रगत पसिना चुस्ने दुबैलाई कारवाही गर्ने चेतावनी समेत दिए । विप्लव पार्टीले केहि समय अगाडि रोल्पको लिवाङ्मा पार्टीको महाधिवेशन समेत गरेको थियो । महाधिवेशनबाट विप्लवले पार्टीको नाम समेत परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहार,नेपालीहरुको महान पर्व

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आईपुगिन

काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो

पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल

अछाम, असोज १० गते । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको

उपभोक्ताको मानव अधिकार

 ११ भदौ २०७९,  नाफा कमाउने र आयआर्जन गर्ने उद्देश्यले एकत्रित भएका व्यक्ति, संस्था, कम्पनीहरूले आजभोलि

आजको राशिफल

काठमाडौँ, ३ भदौ । आज २०७९ साल भदौ ३ गते शुक्रबारको राशिफल ।  मेष : आम्दानी