फागुन १८,काठमाडौं– पत्रकारिता छाडेर राजनीतिक मैदानमा उत्रिएका रवीन्द्र मिश्रको टीममा को– को सहभागि हुन्छन् ? यसबारे चर्चा सुरु भएको छ ।
मंगलबारमात्रै मिश्रले एक पेस विज्ञप्ति जारी गर्दै राजनीतिमा होमिन बीबीसी छाडेको घोषणा गरेका थिए ।
मिश्रले लामो समयदेखि ‘नयाँ राजनीतिक शक्ति’को बहस गर्दै आएका थिए भने त्यसका लागि विभिन्न पक्षसँग अनौपचारिक छलफल समेत गर्दै आएका थिए ।
लामो बहस र छलफलपछि पार्टीलाई आकार दिने उद्देश्यसहित उनी बीबीसी छाडेर राजनीतिक मैदानमा खडा भएका हुन् ।
स्रोतका अनुसार मिश्रको पार्टीमा विभिन्न दलमा आवद्ध युवा नेताहरु पूर्व प्रशासक, बुद्धिविजीदेखि नयाँ सोच बोकेका व्यक्तिहरु सहभागि हुनेछन् ।
पार्टी घोषणाअघिको केहि छलफलमा सहभागि एक युवा अभियन्ताका अनुसार मिश्रको पार्टीमा डा सरोज धिताल, इन्जिनियर डा सूर्यराज आचार्य, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा रिट दिएर चर्चामा आएका ओमप्रकाश अर्याल, विश्लेषक स्वर्णिम वाग्ले, मुमाराम खनाल, मनिष झा, क्यानकी पूर्व सिइओ भावना घिमिरेलगायतलाई टीममा सहभागि गराउने विषयमा छलफल भएको छ । उनीहरुबीच विभिन्न चरणमा पार्टीलाई कसरी अघि बढाउने भन्नेलगायतका विषयमा छलफल भएको भएपनि अन्तिम टुंगो भने लगाउन बाँकी रहेको छ ।
यस्तै कतिपय पार्टीमा सहभागि हुन सकारात्मक अनुहारहरु सरकारी पद धारणसमेत गरेका व्यक्ति समेत रहेको र उनीहरुलाई सरकारी सेवा त्याग्न लगाएर पार्टीमा कसरी समाहित गराउने भनि छलफल चलिरहेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार विभिन्न भ्रष्टाचारविरोधी संघसंस्थाहरु पनि मिश्रको पार्टीमा ‘मर्ज’ हुने सम्भावना रहेको छ। मिश्रकै सहयोगमा यसअघि ‘म नेपाली’, ‘नागरिक समूह’ लगायत संघसंस्थाहरु अस्तित्वमा रहेको चर्चा थियो ।
नागरिक समुहले त रवीन्द्र मिश्रले नै अघि सारेको भ्रष्टाचारी जेल परुन् नारालाई ‘मोडिफाइ’ गराएर ‘भ्रष्टाचारी जेल परुन्’ नारा अंकिट टिर्सट प्रचलनमा ल्याएको थियो ।
नागरिक समूहका अध्यक्ष निगम हुमागाइले मिश्रले नयाँ पार्टी खोल्न लागेको आजै आफूले विज्ञप्ति पढेर थाहा पाएको दाबी गर्दै त्यसमा आफू भने नरहेको दाबी गरे । यद्यपी उनले नयाँ सोँचका साथ पार्टी खोल्न लागिनु सुखद पक्ष भने भएको प्रतिक्रिया दिए ।
मिश्रको पार्टीमा सहभागि हुने तयारीमा रहेका अर्का एक पूर्व कम्युनिष्ट नेताले पाटीलार्ई कसरी अघि बढाउने भनि आफूहरु अहिले छलफलकै चरणमा रहेको बताए । उनले पार्टी गठनका लागि बहसमात्रै सुरु भएको भन्दै अब विभिन्न प्रक्रिया र चरणहरु पार गर्दै निश्कर्षमा पुगिने बताए ।
मिश्रले पनि आज जारी गरिएको विज्ञप्तिमा गाउँ, बस्ती अनि विदेशका नगर तथा शहरहरूमा नयाँ पार्टीको लागि अभियान चलाउने बताएका छन् ।
तत्कालका लागि देशका हरेक टोल–टोलमा कम्तिमा ७ जना समूह निर्माणका गरेर अभियान चलाउने र त्यसैलाई संगठनको आकार दिएर अघि बढ्ने मिश्रको भनाई छ ।
२२ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाल
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै