१.सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।
२.छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।
३.कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।
४.साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।(मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन् ।
५.महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।
६.अरुको बारेमा चासो नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन् ।
७.‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।
८.जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।
९.थोरै भए पनि रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।
१०.पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।
एजेन्सी
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी
स्थानीय सरकारको अस्पतालहरु जति पनि
२१ भदौ,भक्तपुर । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा कार्यरत श्रमिकहरुले ब्यवस्थापनले गैरकानुनी रुपमा